माघ ११, काठमाडौं | काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेकी २ वर्षीया बालिकालाई प्रहरीले ८ घण्टापछि सकुशल उद्दार गरेको छ ।
जनकपुर स्थायी घर भएकी डा. बबिता साहकी २ बर्षकी छोरी सन्दिज्ञा साह शुक्रबार बिहान ८ बजे अपहरणमा परेकी हुन् । घटनालगत्तै परिवारले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीसहितको टोली खोजी कार्यमा खटिएको थियो ।
अपहरणकारीले बालिकालाई कोटेश्वर हुँदै जोरपाटी र जोरपाटीबाट बौद्धको जाम्बो डाँडा पुर्याएको पत्ता पाएपछि सोही अनुसार प्रहरी टोली खटाइएको थियो ।
अपहरणकारी बालिकालाई अघिअघि र प्रहरी पछिपछि भएपछी अपहरणकारीले बालिकालाई सडकमै अपहरणकारी भने फरार रहेका छन् ।
प्रहरीले अपहरणकारी जनकपुरकै मनिषकुमार गुप्ता रहेको जनाएको छ । गुप्ताले बालिकालाई किन अपहरण गरे भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।