२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका एक व्यक्ति होटलको कोठामा मृत फेला

२०७५, ११ माघ शुक्रबार १५:४४

माघ ११, काठमाडौँ (रासस) | रोल्पाका एक व्यक्ति काठमाडौँस्थित होटलको कोठाभित्रै मृतावस्थामा फेला परेका छन् । 

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित न्यू राप्ती सुपरलजको २०४ नम्बर कोठामा रोल्पा जस्पुर घर भएका करीब ४५ वर्षीय वीरबहादुर विक मृत भेटिएका महानगरीय प्रहरी प्रभाग गोङ्गबुका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिनुभयो । 

यही माघ ६ गतेदेखि उक्त होटलमा बस्दै आएका विक सुतेको ठाउँ नजिक सातवटा मदिराका बोतल भेटिएकाले अत्यधिक मदिरा पिएका कारण ज्यान गएको अनुमान गरिएको केसीले बताउनुभयो । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । उनको साथबाट पासपोर्टसमेत फेला परेकाले वैदेशिक रोजगारीका लागि काठमाडौँ आएको हुनसक्ने प्रहरीले जनाएको छ । उनको शरीरमा भने कुनै घाउचोट देखिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू