कार्तिक १५, पर्वत / आफ्ना वंशजको खोजीमा लागेका पर्वतका अधिकारीहरु आफ्नो संगठन बिस्तारमा लागेका छन । दशैं अगाडी जिल्ला स्तरीय समिति बनाएका उनीहरुले आज कुश्मा नगरपालिका वडा नंम्बर १३ मा पर्ने कटुवाचौपारीमा वडा स्तरीय काश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान समिति गठन गरेका छन् ।
समितिका जिल्ला सदस्य गोविन्द अधिकारीको अध्यक्षतामा भएको भेलाले बिष्णुप्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिबमा केशव अधिकारी, सह सचिबमा लेखनाथ अधिकारी, कोषाध्यक्षमा शरद अधिकारी र सदस्यहरुमा महोदत्त अधिकारी, रमाकर अधिकारी, जघन अधिकारी, गिता अधिकारी, हरिचन्द्रं अधिकारी र टिकाराम अधिकारी रहनुभएको छ ।
भेलामा बोल्दै जिल्ला सदस्य गोविन्द अधिकारीले पर्वतका सबै गा.वि.स.मा समिति बिस्तारको लागि तयारी पूरा भएको जनाउँदै छुटेका अधिकारीहरुलाई समावेश गरी वंशावली तयार पारीने बताउनुभयो ।