२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करेन्ट लागेर हातखुट्टा गुमाएका ओलीलाई कतारमा कार्यरत नेपालीहरुले गरे सहयोग

२०७५, १२ माघ शनिबार ०१:५६

माघ १२, काठमाडौं  करेन्ट लागेर आफ्नो दुई हात एक खुट्टा गुमाएका कृष्ण ओलीलाई मदन पौडेलको अगुवाइमा कतारमा काम गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलको नेतृत्वमा गएको टोली ओली बसेकै घरमा पुगेर संकलित रकम हस्तान्तरण गरेका हुन् |


कार्यक्रममा नेविसंघ केन्द्रिय सदस्य शुसिल भट्ट, तरुण दलका नेता भागवत रेग्मी, विद्यार्थी नेता निरन्जन थापा, केन्द्रिय सदस्य उमेश थापा मगर, सुवास घिमिरे, विद्यार्थी नेताहरु पवन थापा, सन्तोष गुरुङ, महेश पौडेल, सुशान्त आचार्य, सौरभ घिमिरे, सुबोध ओली, सुदिप अधिकारी लगायतका सहभागि थिए । 

कांग्रेस नेता पौडेलले ओलीको स्वास्थ लाभको कामना गर्दै उनको उपचारको लागी आर्थिक सहयोग गर्न सबैलाई अपिल गर्दै भने, ''अब ओली एक्लो छैनन् । देश विदेशमा रहेका हरेक नेपाली मिलेर उनलाई सहयोग गर्नुपर्छ । कृष्ण जी निरास नहुनुस् ।''  हस्तान्तरण कार्यक्रममा नेबि सघका केन्द्रिय सदस्य सुशील भट्टले कृष्ण वलिको जस्तो उपचारका लागि आर्थिक अभाब का कारणले उपचार बाट बन्चित हुने समस्या समाधानका लागि सरकारले नितिगत रुपलेनै समाधान खोज्नुपर्ने सबालमा जोड दीदै ,कृष्णको सहयोगका लागि चालिएको सहयोग अभियान उदाहरणीय र अनुकरणीय रहेको बताउनुभयो ।

कतारमा विभिन्न कम्पनीमा कार्यरत नेपालीहरु मदन पौडेल सम्योजनमा मिलेर उनलाई एक लाख छयालिस हजार एक सय साठी रुपैयाँ सहयोग पठाएका थिए 

संसारभर छरिएर रहेका नेपालीहरुले सहयोगस्वरुप पठाएको सहयोग रकम करिब एक करोड पुगेको  परिवारिक स्रोतले बतायो । कृष्ण र रुपाले आफूहरुलाई सहयोग गर्नेहरु प्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह