२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

दुर्घटनमा एकको मृत्यु, पाँच घाइते

२०७५, १२ माघ शनिबार ०५:१०

माघ १२, भरतपुर | चितवनमा भएको छुट्टाछुट्टै सडक दुर्घटनमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । 

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने घुमाउनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७०४४ नंको ट्रकले तनहुँबाट बिरामी लिएर उपचारका लागि भरतपुर आउँदै गरेको ग२च ८९६२ नंको एम्बुलेन्सलाई शुक्रबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । 

ट्रकको ठक्करबाट एम्बुलेन्समा सवार क्यान्सर रोग पीडित बिरामी तनहुँ रिसिङ गाउँपालिका–५ बस्ने ६२ वर्षीय राजिसरा थापामगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते एम्बुलेन्स चालक र अन्य दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्रक चालकको मुग्लिनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

यस्तै शुक्रबार साँझ नै भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । नारायणपुरबाट भरतपुर आउँदै गरेको बा१०च १७७ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ना४५प ९८५४ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

कारको ठक्करबाट गम्भीर घाइते भएका भनपा–१४ का ४० वर्षीय विशेश्वर घिमिरेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने कार र कारका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी