२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा निरन्तर वर्षा र हिमपात, जनजिवन कष्टकर

२०७५, १२ माघ शनिबार ०६:५२

कमल रावल । माघ ११, अछाम । निरन्तरको वर्षा र हिमपातका कारण अछाम सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । ५ दिनदेखी भईरहेको मौसम बदली संगै केही दिन यताको निरन्तरको वर्षा र हिमपातले उच्च पहाडी र हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनेको हो । 

सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला, डोटी र डडेल्धुराका उच्च भुभागमा हिउ परेपछी चिसो असाध्यै बढेको छ । बिहिबार घाम लागेपनी रातीदेखी फेरी मौसम बदली भएर शुक्रबार बिहानै देखी पानी पर्न सुरु भएको थियो । 

अछामका उच्च लेकाली भूभाग खप्तड क्षेत्र, रामारोशन क्षेत्र, मेल्लेखको ऋषिदह, षोडशा लगायतका ठाउँमा हिमपात र चिसोका कारण जनजीवन प्रभावित भएको छ । यस्तै अन्य क्षेत्रमा पनी लगातार परिरहेको पानीले जनजीवन अस्तब्यस्त बनाएको मंगलसैन १ का स्थानीय नेत्रबहादुर साउदले बताउनुभयो । चिसोका कारण बिद्यालयमा पढाई प्रभावित भएको र पशुचौपायालाई चराँउन तथा घाँसपात गर्न तथा मान्छेहरुलाई काममा निस्कन समेत समस्या भएको उहाँको भनाई छ । 

यसअघि उच्च भुभागमा हिमपात भएको भएपनी शुक्रबार दिउसो देखी गाउँसम्मै हिउ परेपछी जनजीबन थप कष्टकर बन्दै गएको षोडशाका स्थानीय बिष्णु भट्राईले बताँउनुभयो । 

हिमपात र वर्षाका कारण हिउदेबालिका लागि भने निकै फाईदा भएको भन्दै किसानहरु खुसी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी