२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शैक्षिक गुणस्तर सुधारमा युनियनले जिम्मा लिन तयार

१५ कार्तिक २०७२, आईतवार ०९:२५

कार्तिक १५, पर्वत । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन जिल्ला कार्य समिति पर्वतको आयोजनामा नेत्तृत्व विकास विषयक अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम तथा भेला सम्पन्न भएको छ ।

नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन पर्वतका अध्यक्ष टंकलाल भुषालको अध्यक्षता र सचिव तिलकराम लामिछानेको संचालमा संचालित उक्त कार्यक्रममा नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनअंचल कमिटी संयोजक भीमप्रसाद शर्मा प्रमुख अतिथि र विशिष्ट अतिथिका रुपमा अंचल कमिटी सचिव डिल्लीप्रसाद उपाध्याय र पर्वत जि.वि.स. का शासनविद् लोकप्रसाद पौडेल रहनु भएको थियो ।

युनियनका केन्द्रीय सदस्य देव शर्माले स्वागत भाषण गर्नु भएको कार्यक्रमको पहिलो सत्रमा शासनविद् लोकप्रसाद पौडेलले नेत्तृत्व विकास विषयक अनुशिक्षणको प्रशिक्षण तथा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको दोस्रो सत्रअन्तर्गत उच्च मा.वि.मा कार्यरत शिक्षकका समस्याका बारेमापूर्व अध्यक्ष तथा सल्लाहकार राजेन्द्र पहाडीले छलफल तथा अन्तरक्रियालाई सहजीकरण गर्नु भएको थियो । अन्तरक्रियामा पर्वत जिल्लामा रहेका उ.मा.वि. तहमा कार्यरत पूर्णकालीन शिक्षकहरुले विभिन्न समस्यामाथि छलफल गर्दै युनियनप्रति सुझाव राख्नुभएको थियो ।

समस्या र सुझावका सम्बन्धमा केन्द्रीय सदस्य, अंचल कमिटी अध्यक्ष, सचिव, जिल्ला अध्यक्ष र पूर्व अध्यक्ष तथा सल्लाहकारले प्रष्ट पार्नु भएको थियो साथै उहाँहरुले आवश्यक परेको खण्डमा उ.मा.वि. को शैक्षिक गुणस्तर सुधारमा युनियनले जिम्मा लिन तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै राज्यले उ.मा.वि. तहमा कार्यरत शिक्षकहरुका विषयमा उपयुक्त सेवा सुविधाको व्यवस्था गर्न नसकेको गुनासोसमेत गर्नुभएको थियो ।

भेलामा परिणत भएको दोस्रो सत्रबाट जिल्ला कार्य समितिमा केही पदाधिकारी थप गरी कमिटीलाई पूर्णता दिइएको छ, जसअन्तर्गत उपाध्यक्षमा विनोद सुवेदी, कोषाध्यक्षमा महेन्द्र उपाध्याय, सहसचिवमा फुलप्रसाद अधिकारी र सदस्यहरुमा युवराज आत्रेय, दीपेन्द्र गौतम आदि रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…