२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शैक्षिक गुणस्तर सुधारमा युनियनले जिम्मा लिन तयार

२०७२, १५ कार्तिक आईतवार ०९:२५

कार्तिक १५, पर्वत । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन जिल्ला कार्य समिति पर्वतको आयोजनामा नेत्तृत्व विकास विषयक अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम तथा भेला सम्पन्न भएको छ ।

नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन पर्वतका अध्यक्ष टंकलाल भुषालको अध्यक्षता र सचिव तिलकराम लामिछानेको संचालमा संचालित उक्त कार्यक्रममा नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनअंचल कमिटी संयोजक भीमप्रसाद शर्मा प्रमुख अतिथि र विशिष्ट अतिथिका रुपमा अंचल कमिटी सचिव डिल्लीप्रसाद उपाध्याय र पर्वत जि.वि.स. का शासनविद् लोकप्रसाद पौडेल रहनु भएको थियो ।

युनियनका केन्द्रीय सदस्य देव शर्माले स्वागत भाषण गर्नु भएको कार्यक्रमको पहिलो सत्रमा शासनविद् लोकप्रसाद पौडेलले नेत्तृत्व विकास विषयक अनुशिक्षणको प्रशिक्षण तथा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको दोस्रो सत्रअन्तर्गत उच्च मा.वि.मा कार्यरत शिक्षकका समस्याका बारेमापूर्व अध्यक्ष तथा सल्लाहकार राजेन्द्र पहाडीले छलफल तथा अन्तरक्रियालाई सहजीकरण गर्नु भएको थियो । अन्तरक्रियामा पर्वत जिल्लामा रहेका उ.मा.वि. तहमा कार्यरत पूर्णकालीन शिक्षकहरुले विभिन्न समस्यामाथि छलफल गर्दै युनियनप्रति सुझाव राख्नुभएको थियो ।

समस्या र सुझावका सम्बन्धमा केन्द्रीय सदस्य, अंचल कमिटी अध्यक्ष, सचिव, जिल्ला अध्यक्ष र पूर्व अध्यक्ष तथा सल्लाहकारले प्रष्ट पार्नु भएको थियो साथै उहाँहरुले आवश्यक परेको खण्डमा उ.मा.वि. को शैक्षिक गुणस्तर सुधारमा युनियनले जिम्मा लिन तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै राज्यले उ.मा.वि. तहमा कार्यरत शिक्षकहरुका विषयमा उपयुक्त सेवा सुविधाको व्यवस्था गर्न नसकेको गुनासोसमेत गर्नुभएको थियो ।

भेलामा परिणत भएको दोस्रो सत्रबाट जिल्ला कार्य समितिमा केही पदाधिकारी थप गरी कमिटीलाई पूर्णता दिइएको छ, जसअन्तर्गत उपाध्यक्षमा विनोद सुवेदी, कोषाध्यक्षमा महेन्द्र उपाध्याय, सहसचिवमा फुलप्रसाद अधिकारी र सदस्यहरुमा युवराज आत्रेय, दीपेन्द्र गौतम आदि रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण