कार्तिक १५, पर्वत / पर्वतको देविस्थना गविस वाड नं ७ निवासी ३५ वर्षिया मृगौला पीडित मेनुका भुसाललाई रोजगारको शिलशिलामा गएका नेपालीहरुले सहयोग गरेका छन् ।
विगत ५ वर्ष अघि देखि दुवै मृगौलाले काम गर्न छाडी विरामी वनेकी मेनुकालाई गाविसवाट रोजगारीको शिलशिलामा कोरिया पुगेका अनुप श्रेष्ठको नेतृत्वमा संकलीत २ लाख १२ हजार २ सय ७५ रुपयाँ मेनकालाई प्रदान गरिएको हो । उक्त रकम सहयोग दाता श्रेष्ठकी आमा रम्वादेवी श्रेष्ठले मृगौला पीडित मेनुकालाई हस्तान्तरण गरेकी थिईन ।