२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुस्मा बजारमा प्लास्टिक झोलाको प्रयोग निषेध गर्न अभियान

१९ कार्तिक २०७२, बिहीबार ०८:०२

कात्र्तिक १९, पर्वत । पर्वतमा प्लास्टिक झोला निषेधित पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा प्लास्टिक झोलाको प्रयोग निषेध गर्न अभियान सुरु भएको छ ।

पोखरामा क्रियाशील आमा नेपालको अगुवाइमा प्लास्टिक झोलाको प्रयोगबाट मानव स्वास्थ्य र वातावरणमा परेको प्रतिकूल प्रभाव न्यून गर्न कुस्मा नगरपालिकाको भण्डारीटोल र आसपासको क्षेत्रमा प्लास्टिक झोला प्रयोग गर्न निषेध गर्ने अभियान सुरु गरिएको हो।

आमा नेपालकी अध्यक्ष शकुन्तला शर्मा सिग्देलले भने,’प्लास्टिक झोलाको प्रयोगबाट हुने नकारात्मक असरका बारेमा समुदायलाई सचेत बनाउँदै कागज र कपडाका झोला थैला प्रयोग गर्न उत्साहित गराउन थालेका छौँ।’

अभियानका बारेमा कुस्मामा भएको छलफलमा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले प्लास्टिकले मानव स्वास्थ्यका साथै वातावरण र जलवायु परिवर्तनमा पनि असर पुर्रुयाउने भएकाले यसको प्रयोगमा न्यूनीकरण गर्न अभियानलाई सफल बनाउन आवश्यक भएको बताएका थिए।

कार्यक्रममा स्थानीय विकास अधिकारी शिवप्रसाद रिजालले पर्वत जिल्लालाई प्लास्टिक मुक्त जिल्ला बनाउनका लागि नयाँ कार्ययोजना बनाउनुपर्नेमा जोड दिँदै यसको प्रयोगमा वैकिल्पक वस्तुहरुको विकास गर्न जरुरी रहेको छ भने।

पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले प्लास्टिक मुक्त जिल्ला बनाउनका लागि सम्पूर्ण व्यवसायीका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…