२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कृषकहरुलाई प्राङ्गारिक मलमा अनुदान

१९ कार्तिक २०७२, बिहीबार ०८:४३

कात्तिक १९, पर्वत / जिल्ला कृषि विकास कार्यालय पर्वतले कृषकलाई प्राङ्गारीक मलमा अनुदान दिने भएको छ । कार्यालयको आ.व. ०७२/०७३ को स्वीकृत कार्यक्रम अनुसार कृषकहरुलाई प्राड्गारिक मलमा प्रति किलो दश रुपैयाँ अनुदान दिने भएको हो । उक्त अनुदानको मल प्राङ्गारिक कृषि क्षेत्र, व्यवसायिक कृषि क्षेत्र, पशु पालन कम भएका क्षेत्र र अन्य कुनै कारणल माटो खराव भएको क्षेत्रमा वितरण गरिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्ला मल आपुर्ति तथा वितरण व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल को अध्यक्षतामा वसेको समितिको वैठकले उक्त निर्णय गरेको हो । यस कार्यक्रम अन्तरगत प्रति कृषकले वढीमा १ हजार ५ सय के.जी. सम्म अनुदानको मल प्राप्त गर्न सक्ने बताइएको छ । माटो विकास निर्देशनालयामा सुचिकृत भएका मल उद्योगीहरुले जिल्लामा डिलर मार्फत उक्त मल कार्यालय उपलब्ध गराउने जनाएको छ ।

मल खरिद गर्न चाहने ईच्छुक कृषकहरुले निवेदनको साथमा नागरिकता प्रमाण पत्रको प्रतिलिपी, जग्गाको लालपुर्जाको प्रतिलिपी र कृषि सेवा केन्द्र एवं सम्पर्क केन्द्रको सिफारिस समेत पेश गर्नु पर्ने कार्यालयले जनाएको छ । यस वर्ष एक सय मेक्ट्रिक टन प्राङ्गारिक मल अनुदानको लागी दश लाख रुपैयाँ प्राप्त भएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।

पछिल्लो समयमा रसायनीक मल प्रयोगका कारण जिल्लामा अम्लीयपना बद्दै गएका कारण कृषकलाई प्राराङ्गी मल तर्फ आकार्षित गर्नको लागि कृषि मन्त्रलायले यस्तो नीति ल्याएको हो । रसायनिक मलको अत्याधिक प्रयोगका कारण तरकारी, फलफूत, सागपात तथा अन्य उत्पादनतत्वमा अत्याधिक विषादी फेला परेका कारण सर।कारले प्राराङ्गीक मलमा कृषकलाई अुनदान दिन थालेको हो । प्राराङ्गीक मलमा अनुदान दिन थालेसँगै रसायनिक मलको प्रयोगमा न्यूनिकरण आउन सक्ने कृषि विज्ञको ठम्माई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…