२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

गौ संरक्षणमा निजी शिक्षण संस्थाको सहयोग

२०७५, १४ माघ सोमबार ०८:४०

माघ १४, चितवन | जिल्लामा निजी क्षेत्रबाट प्राविधिक शिक्षाको पठनपाठन गराउँदै आएको नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरले बागिश्वरीमा संरक्षण गरिएका स्थानीय जातका गाई पाल्न प्राविधिक र आर्थिक सहयोग गर्ने भएको छ । 

इन्स्टिच्युटका प्राचार्य बाबुराम उपाध्यायका अनुसार गाईलाई मासिक १२ बोरा चोकर उपलब्ध गराइने भएको छ । एक बोरा चोकरको रु एक हजार दुई सय पर्दछ । यससँगै कलेजमा स्नातक तहमा पशु विज्ञान अध्ययन गर्दै गरेका विद्यार्थी र प्राध्यापकले ती गाईको उपचार, औषधि, शिविर, खोप, बाझोपन परीक्षणलगायतको व्यवस्थापन गर्ने उपाध्यायले बताउनुभयो । 

कलेजका अध्यक्ष चूडामणि खनालले स्थानीय जातको गाईको संरक्षणमा सहयोग पुर्याउन लागिएको बताउनुभयो । ती गाईको बागिश्वरी आध्यात्मिक परिषद्ले संरक्षण गर्दै आएको छ । 

पवित्र तीर्थस्थल देवघाट जाने बाटोमा गौ संरक्षण केन्द्र रहेको छ । स्थानीय जातिका गाईको संरक्षणका लागि गौ संरक्षण गरिँदै आएकोे छ । गौ संरक्षण केन्द्रमा हाल स्थानीय जातिका दुई सय गाईलाई संरक्षण गरिँदै आएको छ । गाईको मूत्रबाट औषधि बनाइँदै आएको छ । केन्द्रका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार दाताकै सहयोगमा स्थानीय जातको गाई संरक्षण गरिँदै आएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण