२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

देउसी–भैलोबाट ६५ हजार संकलन

२९ कार्तिक २०७२, आईतवार १५:०८

कार्तिक २९, पर्वत / जिल्लाको बाजुङ गाविसमा रहेको सप्तरङ्गी बाल क्लब र सयपत्री क्लबले देउसी–भैलो खेलेर ६५ हजार रुपैयाँ संकलन गरेका छन् । सरस्वती माध्यामिक विद्यालयमा रहेका उक्त क्लबले तिहारको बेलामा चार दिन छुट्टाछुट्टै देउसी भैलो खेलेर उक्त रकम संकलन गरेको हुन् । बाल क्लबले देउपुर पातिचौर, बाजुङको वडा नम्बर एक मा खेले उक्त रकम संकलन गरेको बालक्लबका अध्यक्ष नविन अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार भैलो कार्यक्रमबाट नगद रकम सहित केही जिन्सि सामान संकलन गरिएको बताए ।र संकलित रकमबाट क्लबलाई दर्ता गर्ने र बाँकी रकमले साँस्कृतिक सामाग्री तथा क्लबको विकासको लागि खर्च गर्ने बताएका छन् । कक्षा ९ का विद्यार्थीले बनाएको क्लबमा अहिले ४० जना सदस्य रहेको क्लबले जनाएको छ । त्यसैगरी सोही विद्यालयमा रहेको सयउपत्री क्लबले पनि तिहारमा देउसी भैलो खेलेर ३६ हजार संकलन गरेको बताइएको छ ।

सयपत्री क्लबले भने उक्त रकम के मा खर्चिने भन्ने बारेमा जानकारी दिएको छैन । बाजुङ १ पोखरेमा रहेको सरस्वती माध्यामिक विद्यालयमा तीन वटा बाल क्लबहरु रहेका छन् । चयपत्री क्लब, सप्तरङ्गी र विहानी बाल बगैचा । तिहारमा दुइ क्लब देउसी भैलो खेलेता पनि एउटा नखेलेको बताइएको छ । बालक्लबले विद्यालयमा विभिन्न कार्यक्रम पनि गर्दै आएको छ ।

शुक्रवार हुने अतिरिक्त क्रियाकलापमा पनि क्लबले आफै संचालन गर्ने तथा विद्यार्थीको व्यक्तित्व, नेतृत्व क्षमताको विकास गर्ने कार्यमा कृयाशिल हुदै आएका छन् । विद्यार्थीको जोस र जाँगर देखेर विद्यालयका शिक्षक पनि खुसिनै देखिन्छन् । विगतका बर्ष कक्षा दशमा अध्ययनरत विद्यार्थीले देउसी भैलोको आयोजना गरेर विद्यालयमा विभिन्न जिन्सि सामाग्रि समेत हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…