2026-09-18 06:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने काम तीव्र गतिमा, स्थानीयवासी हर्षित

माघ १४, खोटाङ | धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ । सुक्खाग्रस्त क्षेत्र मानिएको हलेसी क्षेत्रमा पर्ने महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई लक्षित गरेर दूधकोशीको पानीलाई लिफ्ट गरेर गाउँमा निकाल्ने काम तीव्र गतिमा अगाडि बढाइएको हो । 

करीब २० हजार उपभोक्ता रहेका उक्त क्षेत्रमा नदीको पानी तान्नका लागि सडक निर्माण, विद्युत् विस्तार र वितरण केन्द्रको ट्याङ्की निर्माणको काम धमाधम भइरहेको छ । महादेवस्थान, दुर्छिम, मङ्गलटार र बडहरेका लागि दूधकोशीको महादेवबेंसी तथा च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताका लागि दूधकोशीकै पिप्लेबाट लिफ्टिङ गरेर अग्लो डाँडामा पानी निकालेर वितरण गरिने हलेसी महादेवस्थान खानेपानी आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताउनुभयो । 

मुख्य वितरण केन्द्र रहने हलेसीको काभ्रे र अर्को मुख्य वितरण केन्द्र रहने डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणको काम धमाधम भइरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । विद्युत्मार्फत सल्लेको महादेवबेँसीबाट तानिने पानीलाई एक हजार ७५८ मिटरको उचाइमा पर्ने हलेसीको काभ्रेमा जम्मा गरेर वितरण गरिने छन् । 

यस्तै भुम्जुडाँडामा निर्माण गरिने ट्याङ्कीबाट च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्तामाझ पानी पुर्याइने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुखसमेत रहनुभएका निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले जानकारी दिनुभयो । पानीको स्रोत नभएको, भएको स्रोत सुक्दै गएको र अन्यत्रबाट ल्याउने सम्भावना कम भएका कारण उक्त क्षेत्रमा नदीकै पानी लिफ्टिङ गरेर निकाल्ने आयोजना शुरु गरिएको हो ।

उत्तरी क्षेत्रमा पर्ने तापखोला, भाङ्गु खोला, चिमचिमा खोला, नाखाम खोलाबाट उक्त सुक्खाग्रस्त क्षेत्रमा पानी लैजान सकिने सम्भावना भए पनि मुहान पाउन नसकिएको समितिले जनाएको छ । करीब दुई हजार २०० मिटर तल रहेको दूधकोशी नदीको पानी हलेसी क्षेत्रमा निकाल्न खानेपानी तथा ढल निकास विभागको टोलीले डिटेल सर्भेक्षणको काम गरेको थियो । 

लिफ्टिङको मुख्य लाइनका लागि महादेव खिम्ती कन्ट्रक्सन र वितरणका लागि लामा कन्ट्रक्सन र सगरमाथा कन्ट्रक्सन प्रालि जेभीले जिम्मा लिएको छ । करीब रु एक अरब लगानीमा सम्पन्न हुने उक्त आयोजना तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । 

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा अहिले वर्षाको पानी जम्मा गरेर र दूधकोशी नदीबाट गाडीमा बोकेर ल्याएको पानी उपभोग गर्ने गरिएको छ । सडकको सुविधा नभएका ठाउँमा बसोबास गर्ने स्थानीयवासी घण्टौँ लगाएर डोकोमा बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य रहेका छन् । 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको सात वटा वडामा उक्त समस्या रहेको छ । मानिसले बोकेर ल्याएको पानी उपभोग गरे पनि पशुचौपायका लागि ज्यादै समस्या रहेको छ । लामो समयदेखि पानीको समस्या झेल्दै आएका उक्त क्षेत्रका स्थानीयवासी नदीको पानी लिफ्ट गरेर निकाल्ने आयोजनाको काम तीव्र गतिमा अघि बढेपछि हर्षित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई