2026-08-25 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा गाउँगाउँमा घुम्ती शिविर, घरघरमा सेवा सञ्चालन

माघ १४, ओखलढुंगा | जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरेको छ । 

स्थानीय सरकारसँगको समन्वयमा प्रशासनले नागरिकता सहितका सेवा दिन गाउँमै शिविर चलाएको हो । जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने खिजीदेम्बा गाउँपालिकाको रावादोलु र लिखु गाउँपालिकामा शिविर सञ्चालन गरेर सेवा दिइएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताउनुभयो । 

खिजीदेम्बा र लिखुमा जस्तै अन्य स्थानीय सरकारसँगको समन्वयमा सबै आठ वटै स्थानीय तहका गाउँगाउँमा सरकारी घुम्ती शिविर पुर्याइने उहाँको भनाइ छ । 

लिखु गाउँपालिकामा सञ्चालन भएको शिविरमा ३८४ जना र खिजीदेम्बा गाउँपालिकामा सञ्चालन भएको शिविरमा करीब ६०० जनाले सेवा लिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

गाउँमा सञ्चालन भएको शिविरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिलाई बढी सुविधा भएको छ । सेवा लिन सदरमुकामसम्म पुग्न नसक्ने सेवाग्राही गाउँमै दिइएको सेवाबाट लाभाम्वित भएका हुन् । 

‘क’ श्रेणीको अपाङ्गता परिचयपत्र भएका तर नागरिकता नभएका कारण सेवाबाट वञ्चित उनीहरु घरैमा सेवा पाएपछि खुशी भएका छन् । सरकारी घुम्ती शिविर लिएर गाउँ पुगेको टोलीले शिविरस्थलसम्म पनि आउन नसक्नेलाई घरघरमै पुगेर सेवा दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र पौड्यालले बताउनुभयो । 

‘नागरिकलाई सहज सेवा दिनकै लागि टोली लिएर गाउँ पुग्दा त्यहाँ पनि आउन नसक्नेलाई घरैमा पुगेर सेवा दिने गरेका छौं ।’ पौड्यालले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन