2026-07-24 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दुबै मिर्गौला फेल भएका झलकका परिवार भन्छन्: भएभरको सम्पत्ती सकियो अब के गर्ने ?

चिसाङ शेर्पा । माघ १४, खोटाङ । दुबै मिर्गौला फेल (ड्यामेज) भएका झलकमान तामाङलाई आर्थिक सहयोग जुट्न थालेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका झलकको परिवारले सहयोगको अपिल गरेपछि मलेसियाबाट पहिलो पटक सहयोग जुटेको हो ।

मिर्गौला फेल भएपछि डायलायसिस गर्दै जीवन मरणको दोसाधमा रहेका ३३ वर्षीय तामाङको उपचारार्थ रोजागरीको सिलसिलामा मलेसियामा रहेका खार्मी साब्रुका रन्जित गुरुङको पहलमा विभिन्न जिल्लाका ३५ जनाभन्दा बढीबाट ५२ हजार ४४३ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको बिरामीका आफन्त सुबास तामाङले बताए । प्राप्त सहयोग रकम गत (माघ १२) शनिबार विरामीका श्रीमतीको हात परिसकेको छ । दुबै मिर्गौला फेल भइ गत पुस महिनादेखी राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाण्डौमा हप्तामा दुइ पटक डायलायसिस गराइरहेका उनका परिवालाई जटिल आर्थिक समस्या परेपछि परिवार र आफन्तले विभिन्न माध्यमबाट सवैसँग सहयोगको याचना गरिरहेको छ ।

फेल भएको मिर्गौला दुइ पटक डायलायसिस गर्दा ६ हजार खर्च हुने गरेको छ । डायलायसिसमा बसेका बिरामीले बिशेष औषधी (इपिओ), अस्पताल आवतजावत, अन्य औषधीमा धेरै खर्च लाग्ने र आर्थिक हिसावले परिवारिक अवस्था कमजोर भएकाले ‘झलकमान’ बचाउनका निम्ति सहयोगको अपिल गरिएको हो । कमाइ गर्ने मान्छे नै थला परेपछि श्रीमतीसहित छोराछोरीको विचल्नी हुने अवस्था छ । श्रीमतीको समेत टाउकोमा नशा सम्बन्धि समस्या छ । श्रीमतीले पनि नियमित औषधी सेवन गरिरहनु भएको झलकका बहिनी प्रतिमा तामाङले बताइन् । श्रीमतीसहित छोराछोरी पढाउनका काठमाण्डौ जानु भएको दाइमा मिर्गौलाको समस्या आयो । अहिले छोराछोरीको न पढाइ छ बरु परिवारमा विजोग छ । डायलायसिसका लागि काठमाण्डौका विभिन्न अस्पताल चार्हानुपर्ने पिडा छ । एकातिर भएभरको सम्पत्ती सकिसक्यो । अव के गर्ने । उनले सुनाइन् ।

बालबच्चालाई कुनै बोर्डिङ अनि श्रीमतीलाई सुखसयलमा राखेर आफ्नो सहित छोराछोरीको भविष्य उज्ज्वल बनाउने समयमा विभिन्न अस्पताल चार्हादै मर्दै बाच्दै गरेका झलकमानलाई विभिन्न माध्यमबाट सहयोग गर्न सकिने पारिवारीक स्रोतले जनाएको छ । झलकलाई सहयोग गर्नेले ९८०८४६०६१७÷९८६०२०९८०९ मा सम्पर्क गरेर तथा प्रभु बैंकमा रहेको खाता नम्बर ०४२०१००११८९८६१०००००१ मा सिधा रुपमा आर्थिक सहयोग गर्न सकिनेछ । झलकको लागि कतारमा पनि सहयोग रकम संकलन हुन थालेको आफन्तले बताएका छन् । मानव सेवा नै धर्म हो भन्दै झलकमान बचाउ महाअभियानमा सबैलाई सामेल हुन परिवारको अनुरोध छ ।

मिर्गौलाका बिरामीले दुइ तरिकाबाट नयाँ जिबन जिउन पाउने केन्द्रका मिर्गौला रोग बिशेषज्ञले बताएका छन् । रोगी तामाङले (सिएपिडि) माध्यमबाट घरमा नै बसेर डायलासिस गराउन सक्छन् जुन गर्दा महिनाको तीस हजार देखी पैतिस हजार लाग्नेछ । र, नेपालमै मिर्गौला प्रत्यारोपण गरेमा ५ लाख र भारतका ठूला अस्पतालमा प्रत्यारोपण गर्नुपरेमा नेपालमा भन्दा बढी लाग्ने केन्द्रले जनाएको छ । मिर्गौला रोगी तामाङको डायलासिस तथा प्रत्यारोपण गर्न सहयोग पुर्याइ जीबन जोगाउने अभियानमा सवै पक्षको सहयोगको अपेक्षा गरिएको परिवारले जनाएको छ । मिर्गौलाका बिरामी तामाङको एक छोरा, एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक