कैदीका लागि एक लाखको कल्याणकोष

Posted on: 17 Nov, 2015

मङ्सिर १, पर्बत । पर्वत कारागारमा रहेका कैदीबन्दीका लागि कल्याणकोष स्थापना गरिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई आयआर्जनका काम गर्न आर्थिक सहायता दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालयको पहलमा सामुदायीकम सेवा समाज पर्वत मार्फत एक लाख बराबरको कल्याण कोष स्थापना गरिएको हो ।

सोमबार जिल्ला प्रहरी कार्यालय पर्वतमा भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय समाजसेवीहरुको सहयोगमा कोष स्थापना गरिएको प्रहरी नायव उपरीक्षक गंगा पन्तले बताएकी थिइन् । कल्याणकोषबाट निश्चित रकम लिएर कैदीबन्दीले कारागारभित्रै उद्यम गर्न सक्ने र त्यसबाट प्राप्त आम्दानीले घरपरिवारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको प्रहरी नायव उपरीक्षक पन्तले बताइन् । कारागारबाट निस्केपछि पनि जीवनयापनका लागि उपयोगी सीप सिकेर जान सक्ने भएकाले यसलाई संस्थागत रुपमै विकास गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।

कैदीबन्दीले बाँसको मुढा, प्लाष्टिकका पेटी, नाम्लो लगायतका सामग्री तयार पार्दै आएका छन् । यस्ता सामग्री तयार पार्नका लागि बाँस किन्न समेत पैसाको अभाव हुने भन्दै लामो समयदेखि कैदी बन्दीले कल्याणकोष मार्फत ऋण सहयोगको व्यबस्था गर्न माग गर्दै आएका थिए । कार्यक्रमा शान्ती सुरक्षाको वर्तमान अवस्था तथा भावीरणनिती एवं सिसि टिभि व्यवस्थापन, महिला हिंसा, जिल्ला प्रहरी कार्यालय पर्वतको बर्तमान अबस्था भावी चुनौति लगाएतका विषयमा छलफल समेत गरीएको थियो । कार्यक्रममा प्रनाउ पन्तले जिल्लामा रहेको शान्ति सुरक्षा र प्रहरीेको अबस्था र चुनौतिको बारेमा जानकारी गराएकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!