२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उज्जवल सहकारीको अध्यक्षमा अनिला श्रेष्ठ

२ मंसिर २०७२, बुधबार ०६:३८

मंसिर २, पोखरा / उज्जवल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा अनिला श्रेष्ठ निर्वाचित भएकी छिन । संस्थाको आठौ साधारण सभा तथा चौथो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

ujwal

अधिवेशनले संस्थाको उपाध्यक्षमा तुमला श्रेष्ठ, सचिवमा नरेन्द्र बास्तोला र कोषाध्यक्षमा इन्दिरा शर्मालाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा योगराज पौडेल, रामजी प्रसाद पौडेल, विमला श्रेष्ठ, सीता पाण्डे र केशव वहादुर थापा निर्वाचित भएका छन । यस्तै लेखा सुपरिवेक्षण समितीको संयोजकमा बैकुण्ठ तिमल्सिना र सदस्यहरुमा बावुराम पन्त र कोकी मल्ल सर्वसम्मत चयन भएका छन ।

निर्वाचन कमिटीको संयोजकमा अधिवक्ता नरेश पौडेल र सदस्यमा संचारकर्मी कृष्ण आचार्य रहेका थिए । यसअघि साधारण सभाको उद्घाटन गर्र्दै प्रमुख अतिथी जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारी सहकारी बीच अस्वस्थ प्रतिस्पर्धा नगरी
राम्रो कुराको सिको गर्दै सहकार्य गरेर अगाडी वढ्नुपर्नेमा जोड दिए ।

अव सहकारीहरु आर्थिक कारोवारमा मात्र नभुलेर उत्पादनमुलक क्षेत्रमा प्रवेश गर्नुपर्ने उनको भनाइ थियो । सहकारीका अध्यक्ष दीनकुमारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार नारायण कार्की, महिला शेयर सदस्यको तर्फबाट तारा सापकोटा, सहकारीका निवर्तमान उपाध्यक्ष तुमला श्रेष्ठ, ऋण समितिका निवर्तमान संयोजक योगराज पौडेल ,शिक्षा समितीका निवर्तमान संयोजक इन्दिरा वराल, लेखा समिती संयोजक बैकुण्ठ तिमल्सिना, निर्वाचन कमिटीका संयोजक नरेश पौडेल, सदस्य कृष्ण आचार्य लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सहकारीका सचिव नरेन्द्र बास्तोलाले गरेका थिए । कार्यक्रममा प्रवेशिका परिक्षा उतीर्ण शेयर सदस्यका छोराछोरीलाई सम्मान गर्नुका साथै उत्कृष्ट वचतकर्ता , उत्कृष्ट ऋणी र कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…