४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सरकारी कार्यालयनै डुब्लीकेशन गर्दै

२ मंसिर २०७२, बुधबार ०९:५७

मङ्सिर २, पर्बत । एउटै विधामा एकै ठाउँमा एउटै कार्य गर्नको लागि पटक-पटक आफै डुब्लीकेशन गरेर सरकारी बजेटको दुरुपयोग गरिएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले कार्किनेटामा गत महिनाको २१ गते प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी, प्रहरी नायब उपरिक्षक गंगा पन्तले त्यहाँको जनगुनासोको पोको बोकेर सदरमुकाम झरे । त्यही समस्याको बारेमा जानकारी लिन भन्दै स्थानिय विकास अधिकारी शिवप्रसाद रिजाल त्यसको हप्तादिनमा नै कात्तिक ३० गते जम्बो टोली लिएर सोही गुनासो संकलन गर्नको लागि त्यहाँ पुगे ।

यसरी एउटै कार्यको लागि जिल्लामा रहेका सरकारी निकाय एकै ठाउँमा पुग्नुले जिल्लामा सरकारी बजेटमाथि कर्मचारीनै लुटको खेती मच्चाउनको लागि तप्पर भएको प्रष्ट देखिन्छ । जिल्लामा अन्य गाविस र अन्य गाविसमा नागरिक नै नभएको जसरी एउटै क्षेत्रमा एकै खाले गुनासा संकलन गर्नको लागि सरकारी निकाय जम्बो टोली लिएर जानु कत्तिको ठिक हो ? यसको बारेमा छानविन हुनु आवश्यक छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले त्यहाँको समस्या बुझेर आवश्यक कदम चाल्ने बताएर फर्किएका थिए तर सोही क्षेत्रमा किन स्थानिय विकास अधिकारी रिजाल पुगे, एउटै कार्यक्रम, एउटै गुनासा र समस्या अनि छुट्टाछुटै बजेट लिएर ।

के एउटै शिर्षकको लागि छुट्टाछुट्रटै बजेट प्रयोग गर्न पाईन्छ र ? यदि पाइदैन भने सरकारी कार्यालयलेनै गरेको डुब्लीकेशनबारे कसले छानविन गर्ने ? यसको जवाफ कस्ले दिने ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ