२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलका रेडियो अपरेटर श्रेष्ठविरुद्ध १४ करोड भ्रष्टाचारको मुद्धा दायर

२०७५, १५ माघ मंगलवार १०:१७

माघ १५, काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  

श्रेष्ठले भन्सारमा रहँदा सुन तस्करीमा सहयोग गर्ने गरेको र अन्य विभिन्न श्रोतबाट गैरकानुनी आर्जन गरेको भन्दै आयोगमा उजुरी परेकाले छानबिन गर्दा करोडौँ गैरकानुनी आर्जन गरेको भेटिएपछि मुद्धा दायर गरेको अख्तियारले जनाएको छ । 

श्रेष्ठ ३३ किलो सुन प्रकरणमा संलग्न रहेको भन्दै कारबाही प्रकृया अघि बढाएपछि २०७३ मंसिरदेखि उनी निलम्बनमा छन् । श्रेष्ठले सरकारी सेवा प्रवेशपछि अहिलेसम्म ९ करोड ६३ लाख रुपैयाँ उनको परिवारले वैधानिक रुपमा आर्जन गरेको देखिए पनि लगानीमा त्यसको दोब्बरभन्दा बढी गरेको भेटिएकाले मुद्धा दायर गरेको अख्तियारले जनाएको छ । 

श्रेष्ठले आयभन्दा झण्डै दोब्बर १९ करोड ७४ लाख ५५ हजार रुपैयाँ फ्ल्याट, शेयर तथा विभिन्न ठाउँमा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ । 

वैधानिक रुपमा श्रोत खुलेको ९ करोड ६३ लाख रुपैयाँ श्रेष्ठले लगानी गरेको १९ करोड ६३ लाख ५५ हजारबाट घटाउँदा पनि १० करोड ११ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको देखिएको छ । 

श्रेष्ठलाई ४ करोड ४९ लाख रुपैयाँ विगोसमेत गरी १४ करोड ६१ लाख २४ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको अख्तियारले दायर गरेको मुद्धामा उल्लेख छ । 

श्रेष्ठले जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुबा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाई रामकृष्ण श्रेष्ठ र भाईबुहारी रविना प्रधानाङ्गको नाममा सम्पत्ती राखेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह