२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

मेला महोत्सवले बिर्साए रोल्पालीको द्वन्द्वकालीन घाउ

२०७५, १५ माघ मंगलवार ११:१२

उमा केसी । माघ १५, रोल्पा (रासस) । दशवर्षे लामो सशस्त्र युद्धमा ठूलो पीडा भोगेका रोल्पाली शान्ति प्रक्रिया पछि भने विभिन्न मेला महोत्सवमा रमाउन थालेका छन । 

युद्धताका जिल्लाको एक स्थानबाट अर्को स्थानमा जानुपर्दा अनुमति लिनुपर्ने बाध्यता भोगेका यहाँका बासिन्दा शान्ति प्रक्रिया पछि भने स्वतन्त्र ढङ्गले आवतजावत गर्दै मनोरञ्जनमा समेत सहभागिता जनाउन थालेका हुन् । द्वन्द्वका कारण मनोसामाजिक समस्या भोगेका उनीहरु मेला महोत्सवमा हुने रमाइलोसँगै द्वन्द्वका घाउसमेत बिर्सन थालेका छन् । 

सङ्घीय संरचनासहितको जनप्रतिनिधि चयन भएसँगै जिल्लामा विभिन्न मेला महोत्सव र खेलकूद कार्यक्रमले तीव्रता पाएका छन् । स्थानीय सरकारले ठूलो धनराशि यसै क्षेत्रमा खर्च गरिरहेका छन् । जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन, संस्कृति र खेलकूद क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले मेला महोत्सव गर्नेको ताँती लागेको छ । 

स्थानीय सरकार, विभिन्न सङ्घसंस्थादेखि व्यक्तिगत लगानीमा समेत यस्ता मेला महोत्सव सञ्चालन हुने भएका छन् । माघ २ गतेदेखि शुरु भएको महोत्सव फागुन पहिलो सातासम्म चल्ने भएको छ । 

माघ २ गते रोल्पा नगरपालिकाको माडीचौरमा माघी तथा खेलकूद महोत्सवका नाममा शुरु भएको उक्त महोत्सव चतुर्भुज महोत्सवका नाममा फागुन पहिलो सातापछि खुङ्ग्रीमा पुगेर समापन हुनेछ । महोत्सव उद्घाटन गर्न प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्ती, मन्त्री वर्षमान पुन तथा राष्ट्रियसभा र प्रदेशसभामा रोल्पाबाट निर्वाचित जनप्रतिनिधि रोल्पा आउनेक्रम शुरु भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माघ २ गते माडीचौरको माघी तथा खेलकूद महोत्सव उद्घाटन गर्नुभयो । मन्त्री पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती र प्रदेशसभा सदस्य दीपेन्द्र पुन मगरको पनि उपस्थिति थियो । विगत केही वर्षयता निरन्तररुपले सोही मितिमा चल्दै आएको उक्त महोत्सवलाई यस वर्ष विगतमा झैँ खासै प्रचारप्रसार भने गरिएको थिएन । यसपूर्व सो महोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यता रहे पनि यस वर्ष भने सङ्घीय सरकारका मन्त्री पुनले प्रमुख आतिथ्यता ग्रहण गरी उद्घाटन गर्नुभएको थियो । 

महोत्सवमा स्थानीय कलासंस्कृति र वेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो । मौलिक संस्कृतिको संरक्षणलाई जिवन्त राख्न यस्ता महोत्सवले ठूलो भूमिका खेल्ने महोत्सव आयोजक समितिका संयोजक सुरेन्द्र घर्तीले बताउनुभयो । 

यसैगरी माघ ३ गते उत्तरी रोल्पाको थबाङ गाउँपालिकाले गाउँपालिका कप भलिबल प्रतियोगिता आयोजना गरेको थियो । महिला तथा पुरुष खुला भलिबल प्रतियोगिता हुने उक्त महोत्सवलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गर्नुभएको थियो । 

भलिबलका क्षेत्रमा जिल्लामा हालसम्मकै ठूलो राशि पुरस्कारसहित उक्त प्रतियोगिता आयोजना भएको थियो । गाउँपालिकाले आयोजना गर्ने उक्त गाउँपालिका कप भलिबल प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ प्रथम, द्वितीय र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः रु एक लाख ५० हजार, रु एक लाख र रु ५० हजार पुरस्कारको व्यवस्था गरिएको थवाङ गाउँपालिकाले जनाएको छ । 

उक्त प्रतियोगिता साताव्यापी चलेको थियो । खेलकूदमार्फत थवाङको कलासंस्कृतिको प्रवद्र्धन र पर्यटकीय क्षेत्रको प्रचारप्रसार भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताउनुभयो । खेलकूद महोत्सवका अवसरमा थवाङ हेर्न गाउँपालिका बाहिरबाट ठूलो सङ्ख्यामा मानिस आउँदा यहाँका व्यवसायीलाई पनि फाइदा पुगेको गाउँपालिकाको बुझाइ छ । 

जिल्लाको सुनिल स्मृति गाउँपालिका सुलिचौरमा माघ १८ देखि २४ सम्म रोल्पा उद्योग वाणिज्य सङ्घले दोस्रो रोल्पा महोत्सवको आयोजना गर्न लागेको छ । महोत्सवलाई सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा बहालवाला र पूर्वजनप्रतिनिधिको आतिथ्यता रहने आयोजक समितिका संयोजक विश्वकुमार चन्दले जानकारी दिनुभयो । 

महोत्सव अवधिभर ६० हजारभन्दा बढीले अवलोकन गर्ने र त्यसबाट रु दुई करोड बढीको कारोवार हुने रोल्पा उद्योग वाणिज्य सङ्घको लक्ष्य छ । महोत्सवलाई सबै पक्षको सहभागितामा सम्पन्न गर्ने तयारी भइरहेको बताइएको छ । 

सर्वपक्षीय सहभागितामा २२३ सदस्यीय मूल आयोजक समिति बनाएर कामको थालनी गरेका छाँै रोल्पा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष केशवकुमार आचार्यले जानकारी दिनुभयो । 

माघ २५ देखि साताव्यापीरुपमा पूर्वी रोल्पाको खुङ्ग्रीमा चतुर्भुज महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको छ । स्थानीय व्यापारी इमानसिं विष्टको अगुवाइमा हुने उक्त महोत्सवकोसमेत जिल्लामा प्रचारप्रसार भइरहेको बताइएको छ । पूर्वी क्षेत्रको कृषि, व्यापार, कलासंस्कृति र पर्यटन क्षेत्रको विकासका लागि आफूहरुले उक्त महोत्सव आयोजना गर्न थालेको इमान विष्टको भनाइ छ । 

यस्ता मेला महोत्सवले आपसी सम्बन्ध र भाइचारालाई समेत प्रवद्र्धन गर्ने बताइन्छ । द्वन्द्वको लामो चपेटामा परेका जिल्लावासी एकै ठाउँमा बसेर भलाकुसारी गर्ने र विगत भुल्दै मनोरञ्जन गर्ने साधन पनि बन्दै जान थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु