२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत जिल्लाले कुनै पनि विपदको समस्यासँग जुध्न नपर्नु सुखद

२०७२, २ मंसिर बुधबार १३:२९

मंसिर २, पर्वत । पर्वत जिल्लाले कुनै पनि विपदले निम्त्याएको समस्यासँग जुध्न नपरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताएका छन् ।

बैशाख १२ गते गएको महाविनासकारी भुकम्प र त्यसपछि जिल्लामा जतिपनि भौतिक संरचनामा क्षति भयो । त्यो अन्य जिल्लामा भएको क्षतिको भन्दा कम भएको बताउँदै जिल्लाको संन्दर्भमा भौतिक क्षति हुनु खासै विपद नभएको उनको तर्क छ । “विपद भनेको आफैले त्यसको सामाना र समस्याको समधान गर्न नसकि विभिन्न सरकारी निकाय तथा अन्तराष्टिूय निकायको सहयोग चाहिनेलाई विपद भनिन्छ, जिल्लामा अहिलेसम्म अन्तराष्टिूय समुदायको सहयोग माग्नुपर्ने खालको कुनै पनि विपद आएको छैन” उनले भने ।

पर्वतमा आफ्नो घर हुदाँ-हुदैपनि भुकम्पले भत्कीएको भनी राजनीतिक दलको सिफारिसमा धेरैले सरकारले बाँडेको राहत लिएको भन्दै “बाटोमा हिड्दै गरेको मान्छे लोट्यो र ऊ उठ्न पनि सक्छ तर ऊसले आफुलाई विपद आएको बताउँदै सहयोग माग्छ उनले कटाक्ष गर्दै भने । आफै कुनै पनि समस्याको सचगर्न सकिन्छ भने त्यो विपद हैन तर यहाँ भु्कम्पको नाउमा सरकारलाई लुट्ने खेल देखियो ढकालले भने । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको आयोजना तथा आइसीआर्सीको सहयोगमा संचालन भएको ६ दिने जिल्लामा भएको विपद व्यवस्थापन सम्बन्धी शु्रु भएको तालिममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जिल्लामा विपदलाई “भान्जाको निउले मलाई पनि घिउले” भैरहेको उनको तर्क छ । विपद. व्यवस्थापन सम्बन्धी जिल्लामा संचालन गरिएको कार्यक्रमले जिल्लामा कुनै आपतकालिन मानवीय साहेता चाहिने खालका घटना सिर्जना भए त्यसको समधान गर्नको लागि तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनले बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सभापति रिमालले अन्यत्रै जान लागेको तालिम आफ्नो जिल्लामा आएका कारण यसलाई विशेष महत्वका साथ लिनको लागि आग्रह गरे । उक्त तालिममा १८ बर्ष भन्दा माथि र ४५ बर्ष भन्दा मुनीका लाई प्रक्षिण दिइने सोसाइटीले जनाएको छ । कार्यक्रममा शुभकामना सोसाइटीका उपसभापति डा च्ुडामणि शर्माले गरेका थिए भने तालिमको बारेमा प्रशिक्षक शंखर रेग्मीले प्रकाश पारेका थिए । उक्त कार्यक्रमको संचालन उपमन्त्री पिताम्बर शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण