२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धि तालिम सम्पन्न

२०७५, १६ माघ बुधबार १४:४३

लक्ष्मी अर्याल | माघ १६, गुल्मी | सुआहारा गुल्मीको आयोजनामा मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धि तालिम सम्पन्न भएको छ । मुसिकोट नगरपालिका, इस्मा र मदाने गाउँपालिकाका स्वास्थ्य संयोजक, स्वास्थ्यचौकीका इन्चार्ज र सस्थाका फिल्ड सुपरभाइजरहरुलाई तालीम प्रदान गरिएको हो । 

मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धि ज्ञान, सीप र क्षमता अभिबृद्दी गर्ने त महिला स्वास्थ्य स्वयमसेबिका स्तरमा तालिम संचालनका लागि ज्ञान, सिप, तथा क्षमता अभिबृद्दी गर्ने उदेश्य तालिमबाट लिइएको परियोजना संयोजक कृष्ण गुरुङले जानकारी दिए । २ दिनसम्म संचालक भएको तालिममा निराजन दाहाल र अनिल अधिकारीले प्रशिक्षण दिएका थिए ।

तालिममा तीन स्थानीय तहका स्वास्थ्य संयोजकहरुले तालीम र गाउँमा सुआहारा कार्यक्रमको प्रभावका बारेमा आआफ्ना धारणा राखेका थिए । तालिमको समापन गर्दै एकीकृत ग्रामीण बिकास समाजका अध्यक्ष हिरा एसिले तालिममा सिकेका कुरा ब्याबहारमा प्रयोग गरेर नमूना उदाहरण प्रस्तुत गर्न आग्रह गरे । उनले स्वास्थ्य र पोषणको समस्या हरेक बर्ग समुदायको साझा विषय भएकाले सबै मिलेर अगाडी बढ्नुको बिकल्प नरहेको बताए । अध्यक्ष एसिले यो अभियानमा एकैसाथ समुदाय परिचालन गर्नु पर्ने भएकाले सबैको रचनात्मक सहयोगको अपेक्षा व्यक्त गरे ।

कार्यक्रम पुर्णकला थापाको अध्यक्षता, एसिको प्रमुख आतिथ्यता र फिल्ड संयोजक राजेन्द्र बिकको संचालनमा सम्पन्न भएको छ । त्यस्तै शान्तिपुरमा पनि तीन वटा गाउँपालिकाका स्वास्थ्यकर्मीहरु तालिम सम्पन्न भएको छ । कालीगण्डकी, सत्यवति र चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक, स्वास्थ्यचौकीका स्वाथ्यकर्मी, फिल्ड सुपरभाइजर लगायतलाई तालिम प्रदान गरिएको सुआहारा गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू