मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धि तालिम सम्पन्न

Posted on: 30 Jan, 2019

लक्ष्मी अर्याल | माघ १६, गुल्मी | सुआहारा गुल्मीको आयोजनामा मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धि तालिम सम्पन्न भएको छ । मुसिकोट नगरपालिका, इस्मा र मदाने गाउँपालिकाका स्वास्थ्य संयोजक, स्वास्थ्यचौकीका इन्चार्ज र सस्थाका फिल्ड सुपरभाइजरहरुलाई तालीम प्रदान गरिएको हो । 

मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धि ज्ञान, सीप र क्षमता अभिबृद्दी गर्ने त महिला स्वास्थ्य स्वयमसेबिका स्तरमा तालिम संचालनका लागि ज्ञान, सिप, तथा क्षमता अभिबृद्दी गर्ने उदेश्य तालिमबाट लिइएको परियोजना संयोजक कृष्ण गुरुङले जानकारी दिए । २ दिनसम्म संचालक भएको तालिममा निराजन दाहाल र अनिल अधिकारीले प्रशिक्षण दिएका थिए ।

तालिममा तीन स्थानीय तहका स्वास्थ्य संयोजकहरुले तालीम र गाउँमा सुआहारा कार्यक्रमको प्रभावका बारेमा आआफ्ना धारणा राखेका थिए । तालिमको समापन गर्दै एकीकृत ग्रामीण बिकास समाजका अध्यक्ष हिरा एसिले तालिममा सिकेका कुरा ब्याबहारमा प्रयोग गरेर नमूना उदाहरण प्रस्तुत गर्न आग्रह गरे । उनले स्वास्थ्य र पोषणको समस्या हरेक बर्ग समुदायको साझा विषय भएकाले सबै मिलेर अगाडी बढ्नुको बिकल्प नरहेको बताए । अध्यक्ष एसिले यो अभियानमा एकैसाथ समुदाय परिचालन गर्नु पर्ने भएकाले सबैको रचनात्मक सहयोगको अपेक्षा व्यक्त गरे ।

कार्यक्रम पुर्णकला थापाको अध्यक्षता, एसिको प्रमुख आतिथ्यता र फिल्ड संयोजक राजेन्द्र बिकको संचालनमा सम्पन्न भएको छ । त्यस्तै शान्तिपुरमा पनि तीन वटा गाउँपालिकाका स्वास्थ्यकर्मीहरु तालिम सम्पन्न भएको छ । कालीगण्डकी, सत्यवति र चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक, स्वास्थ्यचौकीका स्वाथ्यकर्मी, फिल्ड सुपरभाइजर लगायतलाई तालिम प्रदान गरिएको सुआहारा गुल्मीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!