२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बालशिक्षामा रेडक्रस घाइते ओसार्दै

६ मंसिर २०७२, आईतवार ११:४३

मंसिर ६, पर्वत । दिनको ठिक ३ बजे आइतबार अचानक नेपाल रेडक्रस जिल्ला शाखा पर्वत राष्ट्रिय बालशिक्षा सदनमा घाइतेलाई ओसार्दै थियो । विद्यालयको परिसरबाट बालबालिकालाई स्टेचरमा हाल्दै रेडक्रस टिम बोकेर बाहिर निकाल्दै थियो कतै औषधी उपचार हुदै थियो त कतै नाराबाजी थियो त कतै रुवाबासी । कतै रेडक्रसका टिमले खाद्यन्न, पानी, लत्ताकपडा लगाएतका सामाग्री पनि वितरण गरेको देखिन्थ्यो ।

विद्यालयको एक छेउमा अस्थायी टहरा समेत निर्माण गरिएको थियो । विपद व्यवस्थापन सम्बन्धी पूर्व तयारीमा जुटेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतले आइतबार जिल्लामा संचालन भएको तालिमको अबसरमा पूर्व तयारीको लागि गरेको विपद व्यवस्थापन सम्बन्धीको घटनाको दृश्य थियो त्यो । बैशाख १२ गते गएको महाविनासकारी भुकम्पमा परी देश विपदमा परेका बेलामा कसरी उद्धारकार्य गर्ने भन्ने बारेमा शिक्षा सदनमा उक्त पूर्व तयारीको प्रशिक्षण गरिएको हो ।

विपदका बेलामा पीडीतको अबस्था, उपचार, खाद्यन्न तथा औषधि उपचार, लत्ताकपडा, अस्थायी टहरा निर्माण तथा घाइतेको व्यवस्थापन लगाएको बारेमा उक्त प्रशिक्षणमा प्रर्दशन गरिएको थियो । विपदको बेलामा केहि व्यक्तिले मौका बनाइ चौका हान्ने प्रविधिलाई समेत देखाइएको थियो । राजनीतिक दलले पनि विपदका बेलामा कुनै सेवा तथा उपकार नगरेको र जनतालाई आफ्नो कुर्सीको लागि मात्र बाटो बनाउने गरेको समेत उक्त तालिममा देखाईएको थियो । कार्यक्रमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका सभापति रुद्रबहादुर रिमालले विपदमा रेडक्रसले कसरी सद्भाव र एकताका साथ कार्य गर्छ भन्ने बारेमा जानकारी दिन खोजेको बताए । विपद कुनै बाजा बजाएर नआउने भएका कारण विपद आउँदा एकतामा धैर्य भएर काम गर्नुपर्ने र मानवताको धर्मलाई लत्ताउन नहुनेमा उनको जोड थियो । जिल्लामा विपद व्यवस्थापनको लागि विभिन्न खाले पूर्व तयारीका तालिमहरु संचालन भएको समेत उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका दुई वटा एम्बुलेन्स भएता पनि पछिल्लो समयमा विग्रेका कारण सेवा दिन नसेकका कारण आफुलाई दुखि तुल्याएको बताए । खराबी भएका एम्बुलेन्स मध्ये एकलाई मर्मत गरेर अहिले सेवा दिन पाएता पनि आफु अझै सन्तुष्ट नभएको बताउँदै समस्याको समधान चाँडै गर्ने र सोसाइटीले विपदमा परेका धेरै भन्दा धेरैलाई सेवा दिन सक्ने बनाउनेमा आफ्नो जोड रहेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली