२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बालशिक्षामा रेडक्रस घाइते ओसार्दै

६ मंसिर २०७२, आईतवार ११:४३

मंसिर ६, पर्वत । दिनको ठिक ३ बजे आइतबार अचानक नेपाल रेडक्रस जिल्ला शाखा पर्वत राष्ट्रिय बालशिक्षा सदनमा घाइतेलाई ओसार्दै थियो । विद्यालयको परिसरबाट बालबालिकालाई स्टेचरमा हाल्दै रेडक्रस टिम बोकेर बाहिर निकाल्दै थियो कतै औषधी उपचार हुदै थियो त कतै नाराबाजी थियो त कतै रुवाबासी । कतै रेडक्रसका टिमले खाद्यन्न, पानी, लत्ताकपडा लगाएतका सामाग्री पनि वितरण गरेको देखिन्थ्यो ।

विद्यालयको एक छेउमा अस्थायी टहरा समेत निर्माण गरिएको थियो । विपद व्यवस्थापन सम्बन्धी पूर्व तयारीमा जुटेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतले आइतबार जिल्लामा संचालन भएको तालिमको अबसरमा पूर्व तयारीको लागि गरेको विपद व्यवस्थापन सम्बन्धीको घटनाको दृश्य थियो त्यो । बैशाख १२ गते गएको महाविनासकारी भुकम्पमा परी देश विपदमा परेका बेलामा कसरी उद्धारकार्य गर्ने भन्ने बारेमा शिक्षा सदनमा उक्त पूर्व तयारीको प्रशिक्षण गरिएको हो ।

विपदका बेलामा पीडीतको अबस्था, उपचार, खाद्यन्न तथा औषधि उपचार, लत्ताकपडा, अस्थायी टहरा निर्माण तथा घाइतेको व्यवस्थापन लगाएको बारेमा उक्त प्रशिक्षणमा प्रर्दशन गरिएको थियो । विपदको बेलामा केहि व्यक्तिले मौका बनाइ चौका हान्ने प्रविधिलाई समेत देखाइएको थियो । राजनीतिक दलले पनि विपदका बेलामा कुनै सेवा तथा उपकार नगरेको र जनतालाई आफ्नो कुर्सीको लागि मात्र बाटो बनाउने गरेको समेत उक्त तालिममा देखाईएको थियो । कार्यक्रमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका सभापति रुद्रबहादुर रिमालले विपदमा रेडक्रसले कसरी सद्भाव र एकताका साथ कार्य गर्छ भन्ने बारेमा जानकारी दिन खोजेको बताए । विपद कुनै बाजा बजाएर नआउने भएका कारण विपद आउँदा एकतामा धैर्य भएर काम गर्नुपर्ने र मानवताको धर्मलाई लत्ताउन नहुनेमा उनको जोड थियो । जिल्लामा विपद व्यवस्थापनको लागि विभिन्न खाले पूर्व तयारीका तालिमहरु संचालन भएको समेत उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका दुई वटा एम्बुलेन्स भएता पनि पछिल्लो समयमा विग्रेका कारण सेवा दिन नसेकका कारण आफुलाई दुखि तुल्याएको बताए । खराबी भएका एम्बुलेन्स मध्ये एकलाई मर्मत गरेर अहिले सेवा दिन पाएता पनि आफु अझै सन्तुष्ट नभएको बताउँदै समस्याको समधान चाँडै गर्ने र सोसाइटीले विपदमा परेका धेरै भन्दा धेरैलाई सेवा दिन सक्ने बनाउनेमा आफ्नो जोड रहेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य