माघ १७, काठमाडौं । काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसे ५ लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बबहमहलस्थित नव परिसरबाट पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराइदिने भनी उनले ५ लाख रुपैयाँ घुस लिएका थिए ।