२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

महिनावारीका कुरा गर्न नलजाउन नगरप्रमुख भुसषालको आग्रह

२०७५, १८ माघ शुक्रबार १७:१९

लक्ष्मी अर्याल | माघ १८, गुल्मी | विद्यालयका छात्राहरुलाई लक्षित गरी रेसुंगा नगरपालिकाले नगरभित्रका १० वटा विद्यालयमा सुरक्षित महिनावारी कार्यक्रम गर्यो । विगत ६ वर्षदेखी गुल्मी जिल्लाका धेरै विद्यालयमा सुरक्षित महिनावारी कार्यक्रम अभियानकै रुपमा अगाडी बढेको छ । अभियान सञ्चालनले विद्यालयमा छात्राहरुको उपस्थिती दर बढ्नुका साथै विद्यालयबाटै स्यानेटरी प्याडको समेत व्यवस्था गरिएको छ ।

रेसुंगा नगरपालिकाले पनि छात्राहरुका लागि महिनावारी भएको समयमा कुनै समस्या नहोस् र विद्यालयमा ढुक्कसंग बसेर पढ्न सकुन् भन्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख सिता भण्डारीले जानकारी दिनुभयो । भण्डारीले महिनावारी महिलाका लागि नियमित र मासिक चक्र भएकाले यसलाई समस्याको रुपमा नलिई खुसीका साथ व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । सुरक्षित महिनावारी विद्यालयस्तरीय कार्यक्रममा भण्डारीले छात्राहरुलाई विद्यालयमा आउन र समस्या भए विद्यालय प्रशासनमा जानकारी गराउन आग्रह गर्नुभयो । कार्यक्रम अन्र्तगत विद्यालयमा स्यानेटरी प्याड समेत नगरपालिकाले उपलब्ध गराएको छ ।

रेसुंगा नगरपालिका –४ अर्खलेस्थित बुद्ध मावीमा पुगेर रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाालले छात्रालाई महिनावारीका कुरा गर्न नलजाउनुपर्ने बताउनुभयो । महिनावारी महिलाका लागि प्राकृतिक र निश्चित प्रक्रिया भएको बताउँदै उहाँले यस्तो विषयमा ढुक्क भएर कुरा राख्न आग्रह गर्नुभयो । भुसाालले महिनावारी सवै महिलालाई हुने भन्दै सुरक्षित बनाई व्यवस्थापन र सरसफाईमा ख्याल गरे रोग नलाग्ने समेत बताउनुभयो । 

उहाँले विद्यालयमा छात्राहरुका लागि स्यानेटरी प्याड र प्रयोग गरेका प्याड डिस्पोज गर्न इन्सिनेटरको व्यवस्था भएकाले अबका दिनमा छात्राहरु विद्यालयमा नियमित उपस्थित हुनेमा विश्वास रहेको समेत बताउनुभयो । कार्यक्रम नगरका सिमिचौर,दुविचौर,पराल्मी र अर्खलेका मावी र निमावीमा सञ्चालन गरिएको हो । शिक्षा शाखाबाट सञ्चालित सुरक्षित महिनावारी कार्यक्रममा सुरक्षित महिनावारी अभियन्ता एंव पत्रकार गंगा खड्काले छात्राहरुलाई प्रशिक्षण दिनुभएको हो । प्रशिक्षणका क्रममा खड्कासंग छात्राहरुले खुलेरै महिनावारी स्वास्थ्य समस्याका बारेमा जिज्ञासा राखेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू