2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटको हिउँदे अधिवेशन माघ २९ गते हुने

माघ २०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा चालू आर्थीक वर्षका योजना तथा कार्यक्रमहरुमाथी निगरानी बढाउनुपर्ने विषयमा छलफल भएको छ । गाउँकार्यपालिकाको आइतबारको बैठकमा गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले कार्यपालिकाका सदस्यहरुलाइ आआफ्नो क्षेत्रमा सञ्चालन भइरहेका योजना तथा कार्यक्रमहरुको निगरानी, अनुगमन बढाउन तथा सबैसंग समन्वय गरेर अघि बढ्न निर्देशन दिए ।

बैठकले गाउँपालिकाको हिउँदे अधिवेशन यहि माघ २९ गते गर्ने निर्णय पनि गरेको गाउँपालिकाका प्रवक्ता यम कुमार बस्नेतले जानकारि दिए ।

कार्यपालिकाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले सञ्चालन गरेको बैठकमा प्रथम चौमासिकमा भएका कामको समिक्षा समेत भएको छ । समिक्षामा हाल सम्मका काम सन्तोषजनक देखिएको भन्दै उनले जनताको इच्छा र चाहना अनुसारका काम गर्ने निर्णय भएको प्रवक्ता बस्नेतले जनाए ।

बैठकले निःशुल्क आँखा शिविर सञ्चलन गर्ने, गाउँपालिकाभित्रका मावि तथा निमाविहरुमा किशोरि शिक्षा सञ्चालन गर्ने, सल्यान कारागारमा पुस्तकालय स्थापनाका लागी सहयोग गर्ने निर्णय भएको सूचना अधिकारि जीवराज केसीले जनाएका छन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समितीका संयोजक तिला बुढा मगरले पालिकाभरि नै सञ्चालनमा रहेका योजनाहरुको समयमै अनुगमन र आवश्यक सरसल्लाह दिने कार्य भइरहेको जानकारि गराएकि थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल