पढ्न करिब 2 मिनेट लाग्छ

दान बहादुर बुढा | माघ २०, मुगु | छाँयानाथ रारा नगरपालिका–१३ लुमा गाँउका अग्निपिडितहरुलाई जिल्ला दैविक प्रकोप ब्यवस्थापन समितिले राहत बितरण गरेको छ ।

छाँयानाथ रारा नगरपालिका–१३ लुमा गाँउका मुसि कामिको घरमा माघ १६ गते दिउसो घरमा राखिएको सोलार ब्याट्री पड्किएर पछी आगलागी भएको थियो । आगलागीबाट मुसिको घर पुर्ण रुपले क्षेति भएको र संगै रहेको दन्त कामिको घर समेत आंशिक रुपले क्षेति भएपछी दुबै घर परिवारलाई जिल्ला दैबिप्रकोप ब्यवस्थापन समितिले नगद तथा न्यानो कपडा बितरण गरेको हो ।

जिल्ला दैविक प्रकोप ब्यवस्थापन समिति मुगुका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले दिएको जानकारी अनुसार आगलागीबाट पुर्ण रुपमा क्षेति ब्यहोरेका मुसि कामिलाई नगद २५ हजार न्यानो कम्वल, तन्ना आंसिक रुपमा क्षेति ब्यहोरेका दन्त कामिलाई नगद ५ हजार न्यानो कम्वल, तन्ना बितरण गरिएको थियो ।

दुबै अग्नि पिडितलाई जिल्लामा कार्यरत हिमाली ग्रामिण युवा बिकास केन्द्र हिरिसडेकले दुई दुई थान सिलपिन ब्याक, सरसफाईका सामग्री, दुबै घर परिवारका नौ जना बिद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री जिल्ला दैबि प्रकोप ब्यवस्थापन समितिको रोहवरमा कर्णाली प्रदेशका सांसद चन्द्र बहादुर शाहिले जिल्ला प्रशासन कार्यालयमा बितरण गरेका हुन ।

प्रदेश सासंद शाहीले अग्नी पिडीतलाई प्रदेश सरकार बाट पनि केही राहदको लागी पहल गरी उपलब्ध गराउने अग्नी पिडीटलाई आस्वासन दिएकाा छन ।