४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

होश्राङ्दी बन्यो छुवाछुत मुक्त

२९ मंसिर २०७२, मंगलवार १०:०१

महेन्द्र केसी/ मंसिर २९, पर्वत ।  पर्वतको होश्राङदी गाउँ विकास समितिलाई जिल्लाको चौथो छुवाछुत मुक्त गाविस घोषण गरिएको छ । प्लान नेपाल, जिल्ला विकास समिति पर्वतको सहयोग, राष्ट्रिय दलित विकास संस्थाको सामजिक परिचालन, गाउँ विकास समिति होश्राङदी र दलित अधिकार निगरानी संजाल होश्राङदीको आयोजनामा मंगलबार उक्त गाविसलाई छुवाछुत मुक्त घोषण गरिएको हो ।

सोही अबसरमा उक्त गाविसलाई पुर्ण साक्षरता तथा निशुल्क अनिवार्य आधारभुत शिक्षा घोषण कार्यक्रम र स्थानिय सुर्य मा.विको वार्षिकत्सव कार्यक्रम समेत सम्पन्न भएको छ । राष्ट्रिय दलित विकास संस्था पर्वतका कार्यक्रम अधिकृत जितवहादुर नेपालीले जानकारी दिए ।
जातका आधारमा गरिने विभेदको अन्त्य गर्नका लागि संविधानमा छुवाछुत विरुद्धको हकको व्यवस्था भएता पनि त्यसको प्रभावकारी कार्यनव्यन हुन नसेकेका कारण देशका विभिन्न भागमा छुवाछुतका घटनाले प्रथामिकता पाउने गरेका छन् । मान्छे मान्छे विचमा पनि पानी चल्ने र नचल्ने भनी जातीय आधारमा गरिने विभेदका कारण शहरमा जातीय घटना कम घटेको देखिएता पनि गाउँमा भने अझै पनि त्यसको नियो उखिलिन सकेको छैन ।

जसका कारण पनि देशका विभिन्न ठाउँका कुना कुनामा जातीय हिंसा मौलाएको पाइन्छ । केहि समय अगाडी मात्रै डुब समुदायले इनारबाट पानी लिएको धनुषाको घटनाको विषयबस्तुले विश्वव्यापकता लियो । सरकार त्यसको प्रतिकारका लागि र मानिस मानिस समान हुन विभेद गर्नु हुदैन भनेर स्थलगत रुपमा गएता पनि सरकारनै त्यहाँको समुदायसँग भाग्नुपर्ने स्थीति भयो । यसरी देशको शहरी क्षेत्रमा हेर्ने हो भने पनि कतिपय ठाउँमा अझै पनि जातीय विभेदका घटना न्यून भएको देखिदैन ।

जिल्लाकै कुश्मा नगरपालिका २ पाङ मा गत बर्ष छुवाछुतको घटनाले उघ्र रुप लियो जसका कारण एक जनाको ज्यान समेत गयो । छुवाछुत विरुद्धमा यतिबेला देशव्यापी रुपमा छुवाछुत अन्त्य गर्नका लागि विभिन्न संघ संस्था लागि परेका छन् तर छुवाछुतको नियो अझै पनि ढल्न भने सकेको छैन । कुकुरलाई भान्छामा पस्न दिने तर मानवले मानवलाई जातीय आधारमा विभेद गर्ने रुदीबादी परम्परा अझै हट्ने भने सकेको छैन ।

सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ पुरुस्कार दिने घोषणा गर्यौ जातीय विभेद अन्त्य गर्नको लागि तर त्यो औपचारिकतामा मात्रै सिमित भएको छ । जिल्लामा रहेका चार गाविस छुवाछुत मुक्त गाविस भएका छन् तर ती गाविस औपचारिकतामा मात्रै सिमित रहनु हुदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ