२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया महोत्सवको तयारी अन्तिम चरणमा, प्रचण्डले उद्घाटन गर्ने

२०७५, २२ माघ मंगलवार ११:१३

राम नारायण पंडित । माघ २२, सिरहा । सिरहा जिल्लाको व्यापारीक नगरीको रुपमा बिकास हुँदै गएको मिर्चैयामा हुने महोत्सवको तयारी अन्तिम चरण पुगेको छ । महोत्सव स्थलमा आज (मंगलवार) आयोजित पत्रकार सम्मेलनमा “प्रथम मिर्चैया महोत्सव–२०७५” को मुल आयोजक समितिका अध्यक्ष हरीशंकर साहले मिर्चैया नगरपालिकाको धार्मिक पर्यटकीय स्थलहरुको विकास, उद्योग, व्यापार, पर्यटन, जडिबुटी, कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ अग्रसर गराउने उद्देश्यले महोत्सवको आयोजना गरीएको जानकारी दिएका छन् । 


“समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार” भन्ने मूल नारा सहित मिर्चैया नगरपालिका वडा ६ स्थित यहि माघ २८ गतेदेखि फागुन ७ गतेसम्म संचालन हुने महोत्सवको समुद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले गर्ने तय भएको समेत उनले बताए । 

महोत्सवले मिर्चैया सहित जिल्ला भरीका धार्मिक पर्यटकीय तथा सांस्कृतिक स्थलहरुको पहिचान, प्रचार प्रसार, संरक्षण र विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष साहले जानकारी दिए । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आयआर्जनका लागि स्थानीय कृषि तथा वस्तुहरुको पहिचान सहित बजार प्रबद्र्धन गर्ने, स्थानीय घरेलु तथा हस्तकला सम्बन्धी उद्योगहरुको बिस्तार गर्ने, मिर्चैया क्षेत्र सहित जिल्लाको विकास तथा व्यापार सम्भावनाको प्रचार प्रसार गर्ने र स्थानीय उद्यमी, व्यवसायी तथा उपभोक्तालाई एक ठाउँमा ल्याएर व्यवसाय प्रबद्र्धनमा योगदान पुर्याउने लक्ष्य लिएको उनले बताए ।


महोत्सवमा मिर्चैयाको साथै प्रदेश र देशभरीमा उत्पादित तथा निर्मित वस्तुहरुको प्रदर्शन,  विभिन्न क्षेत्रका रहनसहन सहितको मौलिक खानाको परिकारहरुको बिक्री तथा प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क उपचार, बाल उद्यान तथा विविध मनोरञ्जनात्कम कार्यक्रम, जिल्लाको स्थानीय उत्पादन कृषिजन्य वस्तुको प्रचार प्रसार, प्रबद्र्धन र बजारीकरणका लागि १ सय ३१ वटा स्टलहरु रहने व्यवस्था गरिएको छ । 

स्थानीय कला संस्कृति, मिर्चैयाको विविधतायुक्त संस्कृति झल्काउने झाँकी, विभिन्न क्षेत्रको मौलिक भेषभूषा तथा संस्कृति, झाँकी र नृत्य प्रर्दशन हुने अध्यक्ष साहको भनाई रहेको छ । महोत्सव अवधि भरी स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा विभिन्न मौलिक सांस्कृतिक प्रदर्शनी, हरेक दिन ख्यातिप्राप्त कलाकारहरुवाट गीत नृत्य र हास्यव्यङ्ग्य सहितको विविध सांस्कृतिक कार्यक्रम हुने उनले दाबी गरे ।

पत्रकार सम्मेलनमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार याबदले कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले ७ लाख रुपैया सहयोग गरेको बताए । उनले भने “मिर्चैया सबै क्षेत्रमा फड्को मार्दै गएको छ, यसको लागि हामी लागेका छौ, यहाँ प्रचण्डको आवश्यक्ता महसुस भएकोले उहाँलाई ल्याउँदै छौं ।”

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको समितिका सचिब भरत महासेठले बताए । उनले भने “अहिले स्टल निर्माणको काम तिब्र गतिमा अगाडी बढिरहेको छ, बुझिंङ्ग धमाधम भईरहेको छ, महोत्सव स्थलको चारैतिर घेरबारको काम पनि अन्तिम चरणमा छ ।” 


रामनगर मिर्चैया उद्योग बाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजनामा भईरहेको महोत्सवमा मुख्य स्पोन्सरका रुपमा मारुती सिमेन्टस् प्रा. लि. रहेका छन् भने सहयोगीको रुपमा मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिका रहेका छन् । त्यसैगरी, पावर्ड बाइ रमपम चाउचाउ, अफिसियल बैंक सिद्धार्थ बैंक लि., ईन्स्योरेन्स पार्टनर नेको ईन्स्योरेन्स रहेका छन् भने स्थानिय तथा राष्ट्रिय स्तरका गरी एक दर्जन मिडिया पार्टनर रहेका छन् । 

करीब ५० लाखको लागतमा भईरहेको महोत्सवमा ४ लाखको हाराहारीमा दर्शक सहभागी गराउने आयोजकको लक्ष्य रहेको छ । महोत्सवमा प्रवेश शुल्क रु.५०, विद्यार्थीको लागि रु. ३० र अपाङ्ग तथा अशक्तका लागि निःशुल्क गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस