४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नाकाबन्दीका कारण देशव्यापी रुपमा उर्जा संकट

६ पुष २०७२, सोमबार ०९:४६

पुस ६, पर्वत । भारतले लगाएको नाकाबन्दीका कारण देशव्यापी रुपमा उर्जाको संकट पैदा भएको छ । जसका कारण सर्वसाधरण त्यसको प्रत्यक्ष मारमा पर्दै आएका छन् ।

सरकारी तथा गैरसरकारी निकायलाई भारतले लगाएको नाकाबन्दीले कुनै असर पारेको छैन तर आम सर्वसाधरणलाई त्यसले प्रत्यक्ष मारमा पारेको छ । सरकारी तथा गैरसरकारी निकाय, स्थानिय प्रशासनका सवारी साधनलाई न त तेलको संकटनै पैदा भयो न त खाना पकाउने ग्यासको तर सर्वसाधरणलाई भने खाना पकाउन देखि लिएर यातयातमा समेत संकट पैदा भयो ।

पेट्रोलीयम पदार्थको चरम अभाव हुदाँ पनि सरकारी तथा गैरसरकारी कार्यालयका सवारी साधन चल्न छोडेनन् तर सर्वसाधरण भने तेब्बर भाडा तिररे गन्त्व्यमा पुग्न बाध्य भए ।

भारतले लगाएको नाकाबन्दीको मौकापारी कालोबजारीले लुटको खेती गरिरहे तर प्रशासन मौन नै देखियो । खाना पकाउने ग्यासको अभाव भएपछि जिल्लामा उर्जाको संकट पैदा भयो । ग्यासको विकल्पको रुपमा ससर्वसाधरणले दाउरा, हिटर लगाएतका विद्युतीय सामाग्रीस्को प्रयोग गरीरहेका छन् ।

केहि समय अगाडी जिल्लामा चार सयको हाहारीमा ग्यास भित्रियो तर उपभोक्तालाई ग्यास वितरण गर्दा तनि सय १३ वटा मात्र वितरण गरीयो । ८७ वटा ग्यासका आधा सिलिण्डर सरकारी कार्यालय, बैक, गैरसरकारी निकायका प्रमुखलाई वितरण गरिएको देखिन्छ ।

अघिल्लो समयमा ग्यास वितरण कार्य गर्दा ग्यास आएको जानकारी आफ्ना आफ्रन्तलाई फोनमार्फत गरी अगाडी लाइनमा बस्न लगाउने, एउटैले तिन देखि चार वटा सम्म ग्यास लिएको लगाएका सर्वसाधरणबाट गुनासो आएपछि यसपटक भने जिल्लामा गाृला प्रथाद्वारा ग्यास वितरण गरीएको हो । हप्ता दिन लगाएर उपभोक्तालाई ग्यास लिनको लागि नागरिकताको प्रतिलिपि , फोटो र २० रुपैयाँ नगद सहित ग्यासको लागि कुपन दिइर्एको थियो ।

कुपन लिनको लागि उपभोक्ता हप्तादिन देखि लाइनमा बस्न बाध्य भएका थिए । हप्ता दिनमा उद्योगबाणिज्य संघ पर्वतले तीन हजार ५ सय ५० जनतालाई ग्यासको लागि उपभोक्ता कार्ड वितरण ग¥यो जसबाट उवासंघले करिब ७१ हजार राजस्व समेत संकलन गरेको छ ।

जिल्लामा भित्रिएका चार सय ग्यासका आधा सिलिण्डर मध्ये सोमबार जिल्लामा ३ सय ५० वटा ग्यासका आधा सिलिण्डर वितरण गरिएको छ भने ५० वटा ग्यासका आधा सिलिण्डर वारीबेनीमा पठाउने उवासंघले बताएको छ ।

कार्ड बनाउने आवेदन दिन छुटेकोलाई अर्को लटमा उपभोत्ता कार्ड बनाउन आवेदन माग्ने उवासंघले जनाएको छ । जिल्लामा तीन सय ५० वटा ग्यासका आधा सिलिण्डर गोलाप्रथाद्वारा वितरण गरिएको हो ।

ग्यासको लागि नागरिकता र फोटो लिइएका कारण अर्को पटक अहिले ग्यास पाएका उपभोक्ताले ग्यास नपाउने उवासंघले जनाएको छ । ग्यासको चरम अभाव भएको बेलामा कानमा तेल हालेर बसेको उवासंघ यतिबेला सत्रियरुपमा देखिएता पनि उपभोक्तालाई आवबश्यक अनुसारको ग्यास उपलब्ध गराउन सकिराखेको छैन । यतिबेला उपभोक्ताले आफ्नौ दैनिकी दाउरा तथा विद्युतीय चुलोको प्रयोगबाट आफ्नो समस्या समधान गर्दै आइरुहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ