२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा २९ लाख रकमसहित फरार उपभोक्ता समिति अध्यक्ष पक्राउ

२३ माघ २०७५, बुधबार ११:५३

नन्दराम जैशी | माघ २३, जुम्ला | जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित पातरसाँघु बारागाउँ सडक आयोजनाको रकम झिकेर फरार रहेका तातोपानी ७ का भिमबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सडक निर्माण सकिएको भन्दै, जुम्ला राष्ट्रिय बाणिज्य बैंकको खाता नं. ४०३०००७४२८०१ को चेक नं.००२१६१७६०२ बाट गत बैशाख २४ गते २९ लाख रकम लिएर फरार भएका थिए ।

सडक निर्माण उपभोक्ता समितिका स्वयम अध्यक्ष रहेका रावतल २९ लाख सहित फरार भएपछि स्थानीयले उनको नाममा उजुरी हालेका थिए । प्रहार पश्चात प्रहरीलले उनको खोजी कार्य जारी राखेको थियो । झण्डै डेढ वर्ष पछि सोमबार उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर रावतलाई काठमाण्डौ महानगरपालिका २८ बागबजारबाट प्रहरीले नियन्त्रणमा लिइएको हो डिएसपी सिताराम रिजालले बताए उनका अनुसार अनुसार २९ लाख तीन हजार पाँच सय २२ रुपैयाँ झिकेर रावत डेढ वर्ष देखि फरार रहेको भनेर ठगी मुद्दामा जाहेरी पर्ने वितिकै खोजतलास शुरु गरिएको थियो । 

डिएसपी रिजालले भने, ‘खोजतलासका लागि महानगरीय प्रहरी वृत्त सिंहदरवार काठमाडौं र जिल्ला प्रहरी कार्यालय जुम्लाको टोली खटिएको थियो । स्थानीयले आयोजनाको रकम झिकेर फरार रावतलाई तत्काल खोजतलास गरि असुल उपर गर्न माग गरेका थिए । जनताको विकासका लागि आएको रकम दुरुपयोग गर्ने ठग भिमबहादुरलाई हदैसम्मको कारवाही गर्न माग गर्दै विकासमा सुशासन र पारदर्शिता ल्याउन आग्रह गरेका छन् ।

स्थानीय कानालि बहादुर रावतका अनुसार फरार भिमबहादुर रावत काम गरेको रकम झिक्न बैंकमा गएका थिए । रकम ल्याएर गाउँमा बितरण गर्ने भनेर सदरमुकाम खलंगा गएका उनी, आयोजनाको २९ लाख बोकेर फरार भएको उनको भनाई छ । बल्ल पक्राउ परेको थाहा पाएपछि स्थानीय खुसी भएका छन् । अहिले ठगी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंमा प्रहरीले नियन्त्रण गरेका फरार रावतलाई जुम्ला ल्याइ पुराइएको छ ।

जुम्लामा ५६ जना अझै फरार

जुम्लामा अझै विभिन्न मुद्धा लागेका तर, फरार रहेका अपराधि झण्डै ५६ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएको छ । जिल्ला अदालतले दोषी ठहर गरेको । तर विभिन्न बाहानामा फरार रहेका ५६ जना मध्य भर्खर पक्राउ परेका भिम बहादुर रावत पनि एक रहेको डिएसपि सिताराम रिजालको भनाई छ ।

उनका अनुसार, आफ्ना विभिन्न सयंन्त्र मार्फत बााकी ५५ जना अपराधि हरुलाई खोजी कार्य जारी रहेको उल्लेख गरे । फरार सबैलाई कानुनी दायरामा ल्याएरै छाडने उनको दाबी छ । ५५ जना फरार अपराधि मध्य ४ जना महिला र बाँकी पुरुष रहेका छन् । सबैको खोजी कार्य जारी छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान