२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विद्युत माग्दै ‘क्याण्डल जुलुस’

२०७५, २३ माघ बुधबार १७:०३

सा.स | माघ २३, जुम्ला | विगत तीन महिना यता जुम्ला सदरमुकाम विद्युत विहिन बनेपछि यँहाका नागरिकहरु विरोधमा उत्रिएका छन् । गत मसिंरदेखी सदरमुकाम खलंगासहित चन्दननाथ नगरपालिका अन्धकारमय छ । २४ सै घण्टा लोडसेडिङको मार खेपिरहेका यँहाका नागरीकले अँझै कहिलेदेखि विधुत् बाल्न पाउने हुन्, भन्ने कुनै पत्तो छैन ।

बुधबार समावेशी महिला मानव अधिकार संजाल समितिको नेतृत्वमा जुम्लाका महिला अधिकारकर्मी सहितको टोलीले जिल्ला प्रशासनसँग विद्युत माग्दै क्याण्डल जुलुस गरेका हुन् । उनिहरुले हातहातमा क्याण्डल बालेर जुलुस गर्दै बजार परिक्रमा गरेका थिए । अबको एक हप्ताभित्र उपभोक्तालाई नियमित विद्युत सप्लाई नभएमा यस विरुद्ध पुन युवा, विद्यार्थी, उद्योगी ब्यापारी सहितको संयुक्त आन्दोलन गर्ने चेतावनि दिइएको छ ।  


साना जलविधुत् उपभोक्ता समिति खलंगाको लापारवाहि र वाहानाका कारण उपभोक्ताहरुले चरण लोडसेडिङको मार खेप्नुपरेको हो । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले २४ घण्टाभित्रै समिति तथा सरोकारवालासँग बैठक बसेर निष्कर्शसहित छिट्टै विद्युत सप्लाई हुने बातावरण तय गर्ने बताए । नेपालस्थित भारतीय राजदुतावासको सहयोग पाएपछि नयाँ मेसिन जडान तथा खरिदको बाहाना गर्दै समितिले विगत तीन महिना यता नत मेसिन जडान गर्न सकेको छ, नत त उपभोक्तालाई विधुत् नै पठाउन सकेको छ । महिनौदेखि सदरमुकाम अध्यारै हुँदा जिल्लाले करोडौको ब्यापार घाटा बेहोर्नु परेको छ । भने स्थानियहरु टुकि, झरो तथा बैकल्पिक उर्जाको ब्यवस्था गर्न बाध्य छन् ।   

अधिकारकर्मी लक्ष्मीकन्या बुढाद्धारा हस्ताक्षरीत पत्रमा भनिएको छ, ‘विद्युतबारे नत समितिनै गम्भिर देखिन्छ, नत जिल्ला प्रशासनको नै ।’ विधुत् समस्याले खलंगाका होटल व्यवसाय, व्यापारी, उद्योग कलकारखाना सबै मारमा छन् । एसइइ लगायत अन्य लोकसेवा तयारी कक्षाका लागि सदरमुकाम झरेका झण्डै १० हजार बढि विद्यार्थीको अध्ययनकार्य प्रभावित भएको छ । उपभोक्तालाई विद्युत सप्लाई गर्ने आश्वासन दिएर समितिले झारो टार्ने काम गरीरहेको अधिकाकर्मी भगवति श्रेष्ठले बताईन् । 


‘विद्युत नबालेरै बिल तिर्न बाध्य छौ, विद्युतमा आर्थीक अनियमितता बढ्दो छ’ उपभोक्ता सिता बुढाले भनिन्, ‘उपभोक्ता हकमा खेलवाड गर्न पाईदैन, प्रशासन मौन भएर नबसोस् ।’ प्रशासनलाई चरण लोडसेडिङ अन्त्यको पहल गर्न उपभोक्ताको आग्रह छ । केहि पँहुज भएका तथा उपभोक्ता समितिसँग नजिक नातागोता भएकाहरुले भिआइपी लाईन लिदाँ चरण लोडसेडिङ बढेको भन्दै पत्र मार्फत लाईन काट्न आग्रह गरीएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण