२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विद्युत माग्दै ‘क्याण्डल जुलुस’

२३ माघ २०७५, बुधबार १७:०३

सा.स | माघ २३, जुम्ला | विगत तीन महिना यता जुम्ला सदरमुकाम विद्युत विहिन बनेपछि यँहाका नागरिकहरु विरोधमा उत्रिएका छन् । गत मसिंरदेखी सदरमुकाम खलंगासहित चन्दननाथ नगरपालिका अन्धकारमय छ । २४ सै घण्टा लोडसेडिङको मार खेपिरहेका यँहाका नागरीकले अँझै कहिलेदेखि विधुत् बाल्न पाउने हुन्, भन्ने कुनै पत्तो छैन ।

बुधबार समावेशी महिला मानव अधिकार संजाल समितिको नेतृत्वमा जुम्लाका महिला अधिकारकर्मी सहितको टोलीले जिल्ला प्रशासनसँग विद्युत माग्दै क्याण्डल जुलुस गरेका हुन् । उनिहरुले हातहातमा क्याण्डल बालेर जुलुस गर्दै बजार परिक्रमा गरेका थिए । अबको एक हप्ताभित्र उपभोक्तालाई नियमित विद्युत सप्लाई नभएमा यस विरुद्ध पुन युवा, विद्यार्थी, उद्योगी ब्यापारी सहितको संयुक्त आन्दोलन गर्ने चेतावनि दिइएको छ ।  


साना जलविधुत् उपभोक्ता समिति खलंगाको लापारवाहि र वाहानाका कारण उपभोक्ताहरुले चरण लोडसेडिङको मार खेप्नुपरेको हो । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले २४ घण्टाभित्रै समिति तथा सरोकारवालासँग बैठक बसेर निष्कर्शसहित छिट्टै विद्युत सप्लाई हुने बातावरण तय गर्ने बताए । नेपालस्थित भारतीय राजदुतावासको सहयोग पाएपछि नयाँ मेसिन जडान तथा खरिदको बाहाना गर्दै समितिले विगत तीन महिना यता नत मेसिन जडान गर्न सकेको छ, नत त उपभोक्तालाई विधुत् नै पठाउन सकेको छ । महिनौदेखि सदरमुकाम अध्यारै हुँदा जिल्लाले करोडौको ब्यापार घाटा बेहोर्नु परेको छ । भने स्थानियहरु टुकि, झरो तथा बैकल्पिक उर्जाको ब्यवस्था गर्न बाध्य छन् ।   

अधिकारकर्मी लक्ष्मीकन्या बुढाद्धारा हस्ताक्षरीत पत्रमा भनिएको छ, ‘विद्युतबारे नत समितिनै गम्भिर देखिन्छ, नत जिल्ला प्रशासनको नै ।’ विधुत् समस्याले खलंगाका होटल व्यवसाय, व्यापारी, उद्योग कलकारखाना सबै मारमा छन् । एसइइ लगायत अन्य लोकसेवा तयारी कक्षाका लागि सदरमुकाम झरेका झण्डै १० हजार बढि विद्यार्थीको अध्ययनकार्य प्रभावित भएको छ । उपभोक्तालाई विद्युत सप्लाई गर्ने आश्वासन दिएर समितिले झारो टार्ने काम गरीरहेको अधिकाकर्मी भगवति श्रेष्ठले बताईन् । 


‘विद्युत नबालेरै बिल तिर्न बाध्य छौ, विद्युतमा आर्थीक अनियमितता बढ्दो छ’ उपभोक्ता सिता बुढाले भनिन्, ‘उपभोक्ता हकमा खेलवाड गर्न पाईदैन, प्रशासन मौन भएर नबसोस् ।’ प्रशासनलाई चरण लोडसेडिङ अन्त्यको पहल गर्न उपभोक्ताको आग्रह छ । केहि पँहुज भएका तथा उपभोक्ता समितिसँग नजिक नातागोता भएकाहरुले भिआइपी लाईन लिदाँ चरण लोडसेडिङ बढेको भन्दै पत्र मार्फत लाईन काट्न आग्रह गरीएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य