२०८३ असार २, मंगलबार | ०३:४३ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरबाट अवैध हतियारसहित एकजना पक्राउ

February 7, 2019

माघ २४, हेटौँडा | मकवानपुर कैलाश गाउँपालिका–४ स्थित देउराली डाँडाबाट अवैध बन्दुक र चरेसको धुलोसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा देउराली डाँडाका ३३ वर्षीय देवान सिंह मोक्तान रहेको छ । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरि र प्रहरी चौकी भार्ताबाट खटिएको टोलीले घरको पछाडि खरमुनि लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक एक थान, सानो कटुवा पेस्तोल एक थान र चरेस बनाउने धुलो पाउडर दुई किलोसहित उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

पक्राउ परेका मोक्तानलाई आवश्यक कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ । 

यसैबीच जिल्ला प्रहरी कार्यालयका निरीक्षक मधुकर थापाको नेतृत्वमा खटिएको टोलीले हेटौँडा–१९ बाट ७४ किलो गाँजासहित एक वृद्धालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ७० वर्षीय चन्द्रबहादुर भोलन रहेका छन् । भोलनको घरबाट १६ किलो गाँजा वरामद भएको छ भने सोही स्थानका पूर्णबहादुर भोलनको घरबाट ३२ किलो तथा बुद्धिलाल भोलनको घरबाट २६ किलो गाँजापनि वरामद गरी जफत गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै १६ वर्षीय बालिकालाई बलात्कार गरी ३ महीनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिकको दोस्रो हप्तामा बालिकालाई बलात्कार गर्ने अभियोग लागेका मकवानपुर कैलाश गाउँपालिका–३ का २३ वर्षीय प्रवीन भन्ने विष्णुप्रसाद भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

भुजेलले बालिकालाई आफ्नो नामसहित परिवर्तन गरी फोनमार्फत बोलाएर कैलाश–१० स्थित जङ्गलमा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते