पढ्न करिब 1 मिनेट लाग्छ
<p>माघ २५, भोजपुर | जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । <br></p><p>प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो । </p><p>पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रमुख थेवेले बताउनुभयो । अन्यको पनि संलग्नता हुने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । डबली मेलामा किनमेल गर्ने क्रममा नक्कली नोट फेला परेको हो । नक्कली नोट देखाएर ठगी गर्ने सम्भावना रहेकाले प्रहरीले सबैलाई सजग रहनसमेत आग्रह गरेको छ । </p>

