2026-09-19 06:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

स्वर्ण जयन्तीमा दर्जनौ सम्मानित

चिसाङ शेर्पा । माघ २६, खोटाङ । विद्धालयको स्वर्ण जयन्तीमा दर्जनौ व्यक्तिहरु सम्मानित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविको स्वर्ण जयन्तीको अवसरमा विभिन्न किसिमबाट विद्धालयलाई योगदान पुर्याउने व्यक्तिहरु सम्मानित भएका हुन् ।

स्वर्ण जयन्तीमा २०७३ फागुन १९ देखी २५ गतेसम्म सञ्चालित श्रीमद भागवत धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा १० हजारभन्दा माथि तुलादान, जग्गादान र नगददान गर्ने व्यक्तिहरुको विवरण सहितको ताम्रापत्र विद्धालयमा अनावरणगरी सम्मान गरिएको छ । गत शनिबार (माघ १९)देखी सुरुवात भएको विद्धालयको स्वर्ण जयन्ती समापनका दिन शुक्रबार प्रतिनिधिसभाका सदस्य विशाल भट्टराइले ताम्रापत्रको अनावरण गरेका छन् । स्वर्ण जयन्तीको अवसरमा विद्धालयले प्रकाशन गरेको ‘हाम्रो पञ्च मावि’ नामक स्मारिका विमोचन, विद्धालयलाई विशेष योगदान पुर्याउनुहुने ७० वर्ष माथिका ६० जनावढी अभिभावक, पाचजना पुर्व प्रअहरु, पाचजना पुर्व विव्यास अध्यक्षहरुलाई अभिनन्दन गरिएको प्रधानाध्यापक भवकृष्ण ढकालले बताए ।

यस्तै, सक्रिय युवा सम्मान, शिक्षक सम्मान र उत्कृष्ट सदन तथा अन्तर मावि भलिबल प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो । २०२४ सालमा स्थापना विभिन्न चुनौती र कष्टहरु पार गर्दै आएको विद्धालयले साधारण शिक्षा, विशेष शिक्षा र प्राविधिक शिक्षा गरी तीन किसिमले शिक्षा प्रदान गरिरहेको छ । विद्धालयमा १ सय १ जना विधार्थी अध्ययनरत छन् । २०६९ बाट उक्त माविले प्राविधिक शिक्षालयको समेत पढाइ गरिरहेको छ । स्वर्ण जयन्ती समापनमा नेकपा, कांग्रेस लगायतका नेताहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई