२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तीनै सरकारबीच समन्वय हुनुपर्ने’

२०७५, २७ माघ आईतवार १०:३५

माघ २७, उर्लाबारी । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । 

मोरङको उर्लाबारी नगरपालिकामा आज स्थानीय राजपत्र सार्वजनिक गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन सकेन भने समस्या सिर्जना हुने बताउनुभयो । उहाँले जनतालाई सरकारको अनुभूति दिन पनि तीनवटै सरकार मिलेर अघि बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो । 

उहाँले स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यबीच पनि समन्वय र सल्लाह हुनुपर्ने बताउनुभयो । उहाँले विकास निर्माणका विषयमा तीनवटै सरकारका जनप्रतिनिधिबीच समन्वय र सल्लाह भएमा मात्र विकासले सही गति लिने विचार राख्नुभयो । 

उपसभामुख तुम्वाहाङ्फेले प्रतिनिधिसभाको तेस्रो अधिवेशन विधेयक अधिवेशनका रुपमा लिँदै अहिले धमाधम विधेयकमाथि छलफल भइरहेको बताउनुभयो । नगरपालिकाले २९ वटा ऐन, नियमावली र कार्यविधिलाई समेटेर स्थानीय राजपत्र सार्वजनिक गरेको नगर प्रमुख खड्गबहादुर फागोले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो