२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका स्थानीय तह भवनविहीन

२०७५, २८ माघ सोमबार ०३:५०

माघ २८, खलङ्गा । जुम्लाको एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्नो भवन नहँुदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता रहेको छ । जुम्लाको एक मात्र नगरपालिका चन्दनानाथ नगरपालिकाको आफ्नो भवन सञ्चालनमा आए पनि वडापालिकाका भवनहरु छैनन् । 

स्थानीय तह गठन भएको दुई वर्ष पुग्न लाग्दासम्म स्थानीय तहले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको छ । 

भवन निर्माणका लागि सरकारले बजेट व्यवस्थापन नगर्दा निर्माण गर्न नसकिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “भवनका लागि जग्गा पाउनु असाध्यै गाह्रो र भवन कुन ठाउँमा निर्माण गर्ने भन्ने विषयमा कार्यपालिकाभित्र विवाद भएकाले अहिले गाउँपालिकाको भवनबारे कुनै निर्णय गरिएको छैन् ।” चालू आर्थिक वर्षमा गाउँपालिकाले आफ्नै बजेटबाट भवन निर्माण शुरु गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । 

जिल्लाका स्थानीय तहका भवनबारे कार्यपालिकाभित्र विवाद हुदाँ स्थानीयवासीलाई पायक पर्ने स्थानमा भवन निर्माण गर्न कठिन भएको हिमा गाउँपालिका अध्यक्ष रजत शाहीले बताउनुभयो । गाउँपालिकाको आफ्नो भवनबारे कार्यपालिका बैठकमा कहाँ राख्दा स्थानीयवासीलाई राहत हुन्छ भन्नेबारे छलफल गरी सही निर्णय लिने तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । पातारासी, गुठीचौर, सिँजा र कनकासुन्दरी गाउँपालिकालाई स्थानीयवासीबाट जग्गादान भएकाले छिट्टै भवन निर्माण गरिने ती गाउँपालिकाका अध्यक्षहरुले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो