कपुरकोटको हिउँदे अधिवेशन सम्पन्न, हालसम्म कार्यपालिकाले गरेका निर्णयहरु अनुमोदन

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

माघ २९, सल्यान । गएको असारमा वार्षिक निती, कार्यक्रम तथा बजेट पारित गरेको सल्यानको कपुरकोट गाउँपालिकाले केहि योजनाहरु हिउँदे अधिवेशनबाट संशोधन गरेको छ । मंगलबार सम्पन्न हिउँदे अधिवेशनमा विभिन्न शिर्षकबाट रकमान्तर गरि केहि अत्यावश्यक तथा छुट हुन गएका योजनाहरुमा बजेट विनियोजन गरिएको योजना तथा बजेट तर्जुमा समितीका संयोजक तिला बुढा मगरले जानकारि दिइन् ।

उनले गाउँसभामा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाइ प्रोत्साहन भत्ता ५ लाख रुपैयाँ छुट्याउने देखि चालु आर्थीक वर्षको हाल सम्म कार्यपालिका तथा अन्य विषयगत समितीहरुबाट भएका निर्णयहरु सभामा पेश गरेकि थिइन् । गाउँसभाका सदस्यहरुले ती प्रस्तावहरु सर्वसहमतीबाट अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारि दिए ।

गाउँसभामा सदस्यहरुले विगत ६ महिनाको प्रगती समिक्षा गर्दै विभिन्न जिज्ञासाहरु पनि राखेका थिए । गाउँसभाका अध्यक्ष भिम बहादुर सेनले बजेट तथा श्रोतसाधनको सिमितताका विच जनताको घर दैलोमा सरकारको प्रत्यक्ष अनुभुती दिनेगरि सृजनशिल काम गर्न सबै जनप्रतिनिधीहरु सक्रियतापूर्वक लाग्नुपर्ने बताएका थिए ।

गाउँसभाले केहि योजनाको शिर्षक परिवर्तन गर्नुका साथै दुई दर्जन योजनाहरु विस्तृत आयोजना प्रतिवेदन तयार गरी संघिय सरकार तथा कर्णाली प्रदेश सरकारसंग समपुरक अनुदान तथा विशेष अनुदान कार्यक्रम मार्फत कार्यान्वयन गर्नका लागी अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

जसमा जामुने खानेपानी योजना, खाली मिलनबजार खानेपानी योजना, कपुरकोट चिस्यान केन्द्र स्थापना योजना, कपुरकोट दानवाङ गोठीवन रिठाबोट हुँदै सिमलकुना जोड्ने सडक योजना, पाखापानी धैरेनी सातबास तथा लामीडाँडा सातबास मोटरबाटो योजना लगाएत रहेको गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जनाएका छन् ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply