२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

२०७५, २ फाल्गुन बिहीबार ०६:२५

कृष्ण आचार्य | फागुन २, भरतपुर | पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । 

प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् । उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूरा गर्न सकेको छ । 

गुलाबको कम उत्पादन भइरहेपनि चितवनका एक युवा किसानले भने तीन महीनाको अवधिमा रु १० लाखको गुलाब बिक्री गरेका छन् । पन्ध्र कट्ठा जग्गामा गुलाब खेती गर्नुभएका भरतपुर महानगरपालिका–१८ गुन्जानगरका प्रकाश पन्तले तीन महीनाको अवधिमा रु १० लाखको फूल बिक्री गर्नुभएको हो । रु १० लाखको गुलाब बिक्री गर्दा खर्च कटाएर रु तीन लाख फाइदा भएको बताएका उहाँका फार्ममा यतिबेला ढकमक्क गुलाब फुलेका छन् । 

“दैनिक एक हजार देखि एक हजार २०० स्टिक गुलाब उत्पादन हुने गरेको छ, पन्तले भन्नुभयो”, वैशाखमा लगाइएको बिरुवाले मङ्सिरबाट उत्पादन दिन थालेको हो ।” प्रणय दिवसको अवसमा चितवनमा मात्रै २० हजार स्टीक गुलाबको माग रहेको फ्लोरिकल्चर एशोसियशन नेपाल चितवन शाखाका अध्यक्षसमेत रहनुभएका उहाँले बताउनुभयो । 

बिरुवा रोपेको छ महीनाबाट चार वर्षसम्म उत्पादन लिन सकिने गुलाबको उत्पादन मङ्सिरमा थोरै भए पनि पुस र माघमा भने राम्रो उत्पादन भएको उहाँको भनाइ थियो । गुलाबको होलसेल मूल्य प्रति स्टिक रु १४÷१५ पर्छ । “गुलाब उत्पादन गर्न खर्चिलो छ, पन्तले भन्नुभयो”, एउटा बिरुवाको रु १०० पर्छ ।” हल्याण्डबाट ल्याएको माउबोटलाई उहाँले ‘ग्राफ्टिङ’ गरेर आफ्नै फार्ममा बिरुवा तयार गर्नुभएको हो । यो याममा गुलाब प्रायः भारतबाट आयात हुन्छ । 

“नेपालमा उत्पादन गर्नसके बजारको कुनै समस्या छैन । बीसदेखि ३० डिग्री तापक्रम र करीब १२ घण्टा उज्यालो भयो भने गुलाब राम्रो फुल्छ । चितवनको मौसमअनुसार उज्यालो पुग्ने बेला तापक्रम बढी हुने र तापक्रम ठिक्क हुने बेला उज्यालो पुग्दैन”, पन्तले भन्नुभयोे, “मौसमको अनुकूलता नमिल्ने भएका कारण जति उत्पादन हुनुपर्ने हो त्यो अनुपातमा हुन सकेको छैन ।” 

विदेशमा बत्तीको व्यवस्था गरेर उज्यालो बनाइएको हुन्छ, त्यो प्रविधि जोड्न खर्चिलो छ, एक किसानले मात्रै सम्भव छैन भन्दै उहाँले प्रविधिमा पछाडि परेकै कारण गुलाब खेती क्रमशः घटदै गएको जानकारी दिनुभयो । विदेशबाट ठूलो परिमाणमा गुलाब आयात भइरहँदा पनि राज्यले गुलाब खेतीतर्फ ध्यान नदिएको पन्तको गुनासो थियो । चितवनमा गुलाबखेती गर्ने किसान न्यून छन् । नारायणगढमा गुलाबलगायतको फूलको व्यापार गर्ने आधा दर्जन पसल छन् । गुलाबको फूल घर तथा होटलको सजावट, विवाह, जन्मदिनलगायत विभिन्न शुभकार्यमा प्रयोग गरिन्छ । 

नेपालमा वैशाखदेखि मङ्सिरसम्म स्वदेशी उत्पादनले गुलाबको माग धान्ने गरे पनि यसबाहेकको अवधिमा भारतलगायत देशवाट आयात हुने गरेको छ । पन्तले गुलाबसँगै गोदावरी र ग्ल्याडिओलस फूलको खेती गर्नुभएको छ । उहाँले उत्पादन गरेको फूल चितवन, पोखरा र काठमाडौँलगायतका शहरमा खपत हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण