२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

अब देशका युवा बेरोजगार बस्नु पर्दैन: मन्त्री विश्वकर्मा

२ फाल्गुन २०७५, बिहीबार ०९:०२

फागुन २, भक्तपुर | युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशमा अब कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताउनुभएको छ । 

आज भक्तपुरको राधेराधेस्थित श्यामाश्यामाधाममा डिभाइन युथ क्लब नेपालले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तीन दिवसीय राष्ट्रिय युथ स्प्रीच्युबल ह्यापिनेस क्याम्पमा उहाँले भन्नुभयो, “रोजगारीका लागि युवालाई विदेश पलायन हुनबाट रोक्नु अपरिहार्य रहेको छ, त्यसैले सरकारले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको छ, अब हाम्रो देशमा युवा बेरोजगार भएर बस्नु पर्दैन ।” 

युवालाई आध्यात्मिक चिन्तनबाट सकारात्मक धारणा अभिवृद्धि गरी समाज रुपान्तरण गर्ने कार्यका लागि अभिप्रेरित गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । 

युवाको काँधमा मुलुक परिवर्तन गर्ने जिम्मेवारी आएको बताउँदै उहाँले युवालाई सकारात्मक बाटोमा लाग्न प्रेरणा दिने कार्यक्रम अघि सार्नुपर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगार्इं, गैसस महासङ्घका केन्द्रीय सदस्य बालमुकुन्द सुवाल, डिभाइन युथ क्लब नेपालका अध्यक्ष उद्धवराज पाण्डेलगायतले बालबालिकालाई सानैदेखि सामाजिक एवं मानव कल्याणका क्षेत्रमा लाग्न श्यामाश्यामाधाम एवं डिभाइन युथ क्लबले देशव्यापीरूपमा महत्वपूर्ण कार्य गर्दै आएको चर्चा गर्नुभयो । 

देशभरबाट युवाको सहभागिता रही तीन दिनसम्म चल्ने क्याम्पमा सीपमूलक प्रशिक्षण, सामाजिक सेवा, प्रादेशिक पहिचान झल्कने सांस्कृतिक कार्यक्रम, युवाका लागि तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने क्लब अध्यक्ष निरज घिमिरे जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य