२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाको एक होटलमा आगलागी हुँदा एक जना गम्भीर घाइते, लाखौको क्षती

२०७५, २ फाल्गुन बिहीबार १२:३०

फागुन २, जुम्ला । जिल्ला सदरमुकाम स्थीत ग्रीनल्याण्ड होटल आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्, भने आगलागिबाट लाखौको क्षती भएको छ । बुधबार राति करिब १२ बजेतिर भएको आगलागीमा परेर होटलका कुक समेत रहेका विरेन्द्रनगर १३ सुर्खेतका ४० बर्षिय मान बहादुर दर्लामी मगर घाईते भएका हुन् । उनको शरीरको बाहिरी भाग र अनुहार जलेको छ । आगलागी हुँदा बाहिर निस्किने ठाउँ नभेटेपछि उनि जलेर गम्भिर घाइते भएका थिए । हाल उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

आगलागिबाट होटल आंशिक रुपमा जल्दा  २१ लख ७४ हजार बराबरको क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले अन्नपुर्णलाई जानकारी दिएको छ । आगलागीको कारण खुल्न नसके पनि बालिएको मैनबत्तीबाट आगो सल्केर होटल जलेको हुनसक्ने अनुमान गरिएको छ । आगलागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा राति करिब १ बजेपछि मात्र नियन्त्रणमा लिइएको हो । होटलभित्र रहेका भाँडावर्तनलगातका सुनका महँगा गहना र सामानहरुमा ठूलो क्षति भएको होटल सञ्चालक चेतन रावलले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण