फागुन ३, कञ्चनपुर | प्रहरीले कञ्चनपुरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ । बिहीबार दिउँसो १८ किलो सुनसहित १ जनालाई पक्राउ गरेको प्रहरीले बिहीबार थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो ।
बिहीबार पक्राउ परेका व्यक्तिको बयानका आधारमा शुक्लाफाँटा नगरपालिका ११ का लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
बिहीबार १८ किलो सुनसहित कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीबाट एकजना पक्राउ परेका थिए ।