कपुरकोटमा तीन जिल्लाका किसानलाई तालिम प्रदान

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

फागुन ३, सल्यान । सल्यानमा ६४ वटा कृषक समूहलाइ अगुवा कृषक तालिम प्रदान गरिएको छ । उन्नत कृषि केन्द्र कपुरकोटले सल्यान सहित दाङ र रोल्पामा गठन भएका ६४ वटा कृषक समूहका अध्यक्षहरुलाइ तालिम प्रदान गरेको हो ।

खेती गर्दा माटोको गुणस्तर कस्तो हुनु पर्दछ । विरुवालाई आवश्यक पर्ने मलखाद तथा पोषक तत्व, माटाको पि एच मान, रोग किरा को बारेमा अल्फा एग्रो विरगन्जको सहकार्यमा तालिम प्रदान गरिएको उन्नत कृषि केन्द्रका सञ्चालक घनश्याम शर्माले जानकारि दिए ।

यस क्षेत्रमा अव बेमौषमी तरकारि खेती सुरु हुने भएकाले खेती शुरु हुनुभन्दा पहिले नै महत्वपूर्ण विषयमा किसानलाइ प्राविधिक ज्ञान प्रदान गरिएको उनले बताए ।

उनका अनुसार सल्यान जिल्लाको कपुरकोट गाउपालिका, त्रिवेणी गाउपालिकाको टुनिबोट र सल्लेखोला, रोल्पा जिल्लाको त्रिवेणी गाउपालिकाको बुढागाउ चक्रि र तुल्सिपुर उपमहानगर पालिका वडा नं.३ को राम्रीमा गठन गरिएका ६४ वटा कृषक समूहका अध्यक्षहरुलाई तालिम दिइएको हो ।

सहभागी कृषकहरुलाइ उन्नत कृषि केन्द्रका सञ्चालक घनश्याम शर्मा, अल्फा एग्रोका क्रितेश पौडेल, किसान २ का लक्ष्मण दनुवार, अल्फा एग्रो प्रा.ली. का लक्ष्मण खनाल लगाएत कृषि प्राविधिकहरुले तालिम प्रदान गरेका थिए ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply