सिन्धुलीमा चट्याङ पर्दा एकको मृत्यु, ३ घाईते

साझासवाल
1 Min Read

प्रज्वल
पौडेल/कार्तिक १२, सिन्धुली ।
 सिन्धुली जिल्लाको तीनकन्या गाविसमा चट्याङ लागेर विहिबार
एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बिहान करिब ८ बजे तिर परेको चट्याङमा तिनकन्या गाबिस
वडा न. ४ माथिल्लो ढुङ्ग्रेका १४ बषिया गंगा राणाको मृत्यु भएको हो । राणा आफ्नै घरमा बसिरहेको अवस्थामा
एक्कासी चट्याङ परेको र मृत्यु भएको स्थानियहरुले बताएका छन् ।

त्यसैगरि चट्याङमा परेर सिन्धुली तिनकन्याका १८ बर्षकि तुलामाया स्माली, ४५ बर्षिय युमाया
स्माली र ३६ बर्षिय मनमाया स्माली घाइते भएको तिनकन्या सिन्धुलिबाट स्थानिय हिरा बहादुर गोर्खाली मगरले
जानकारी दिएकाछन् ।

Share This Article
Leave a Comment

Leave a Reply