२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सोनवागढमा बेलायती भूगर्भ विदद्धारा सर्वे

२०७५, ६ फाल्गुन सोमबार १०:५३

माधव बेल्वासे | फागुन ६, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ३ सोनवागढमा विदेशि विदहरु द्धारा सर्वे भएको छ । भितिरिया गाउँमा रहेको उक्त मन्दिरमा वेलायतको दुर्हम बिश्व बिद्यालय, पुरातत्ब बिभाग र लुम्बिनी बिकास कोषका बिज्ञ तथा पुरातत्वबिद्को टोलीले सर्वे गरेको हो । 


मन्दिर परिसरमा जमिनको सतह देखी ३ देखी ५ मिटर गहिराई सम्म जि पि आर मार्फत भु भौतीक सर्वे गरिएको छ । वेलायती भुगर्भ विद डङकन र लाहुर ले मन्दिर परिसर भित्र रहेको क्षेत्रको सर्वे गरेका हुन ।सर्वे पश्चात जमिनको सहतमा वाट मेसिनले ५ मिटर गहिराई सम्म रहेका संरचनाको बनावटको बारेमा पत्ता लाग्ने छ  । जसवाट आगामी उत्खनन्को लागी सहयोग पुग्ने छ ।

कपिलवस्तुको तिलौराकोट क्षेत्रमा उत्खनन् गर्न आएको विदेशि टोली सोनवागढ आएको हो । प्रदेश सभा सदस्य अर्जुन केसीले  दुर्हम बिश्व बिद्यालयका प्रोफेसर रबिन कनिङघम लाई सोनवागढको वारेमा जानकारी दिएपछी विदहरुको टोली सोनवागढ आएको हो । सोनवागढ एक एतिहासिक स्थल रहेकाले यसलाई संरक्षणको खाचो रहेको विदहरुको भनाई छ ।

जिल्लाको पश्चिमि क्षेत्रमा रहेको पुरातत्वीक स्थान सोनवागढ क्षेत्रको विकास र वास्तविकता पत्ता लगाउन अहिले त्यस क्षेत्रमा विभिन्न कामहरु भइरहेका छन ।सोनवागढ मन्दिर परिसरमा पुष १० गते वाट पहिलो पटक उत्खनन भएको थियो । मन्दिरको दक्षिण र पश्चिम क्षेत्रमा रहेका २ ढिस्कोहरुमा उत्खनन गर्दा गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको थिए  ।

सोनवागढको वास्तविकता पत्ता लगाउन लुम्बिनी विकास कोषको प्राविधिक सहयोगमा उत्खनन भएको हो ।  कोषको पुरातत्व विभागले गत वर्षदेखि नै सोनवागढ मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आएको थियो । नदी कटानको चपेटामा परेको सो क्षेत्रलाई नियन्त्रण गर्न गत वर्ष तटबन्धनसमेत गरिएको थियो । कोषको पुरातत्व विभागको टोलीले गत वर्षदेखि नै मन्दिर क्षेत्रमा खोज र अनुसन्धान सुरु गरेको हो ।

चन्द्रौटा बजारदेखि झण्डै ५ किलोमिटर उत्तरतर्फको घना जंगलमा अवस्थित उक्त मन्दिर बौद्धकालीन शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखिएको किंवदन्ती अनुसार मन्दिरको नाम सोनवागढ राखिएको स्थानीयबासी बताउँछन । संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहरू चोरी भैसकेको छ । उत्खननको क्रममा केहि महत्वपूर्ण इतिहास भेटिए सगै मन्दिरको महिमा र यस क्षेत्रको विकास हुने स्थानीयले आशा गरेका छन ।

जमित भित्रका संरचनाको वारेमा जानकारी पाउनु अवसर रहेको प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले वताए । “सोनवागढ एक एतिहासिक तथा पुरातत्वीक स्थल हो यसको वारेमा जानकारी लिन आवश्क छ” उनले भने  । पहिलो पटकको उत्खनन्मा एतिहासिक वस्तुहरु फेला परेको भन्दै यस सर्वे पछि पुन निश्चित ठाउमा उत्खनन गरिने केसीले जनाए । 

संरक्षण अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै वस्तुहरू चोरी भइसकेकाले यस मन्दिरलाई संरक्षण गर्नुपर्ने वडा अध्यक्ष टेकलाल सापकोटाले वताए । सोनवागढ आवत जावतमा समस्या रहेको औल्याउदै यसमा पहल भइरहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते