Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण ०६ गते, बिहान ११:२५ बजे
समाज

गाँजा सङ्कलन गरिरहेको अवस्थामा सिन्धुलीबाट आठ जना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन ६, सिन्धुली । गाँजा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट आठ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिकाका करिब ४७ वर्षीय जगदेव माझी, ४६ वर्षीय मागर माझी, ४५ वर्षीय ढोडा माझी, ४० वर्षीया भगवती माझी, ३७ वर्षीया रोहनी माझी, ३५ वर्षीया लालमती माझी, ३६ वर्षीया टैती माझी र ३२ वर्षीया कुसुनी माझी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । 

केही दिनअघि क्यानेश्वर आएर गाँजा प्रशोधनका लागि गाँजा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरी उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । 

उनीहरुको साथबाट ३३८ बोट गाँजा पनि बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा लगाइएको अवैध गाँजा प्रहरीले केही समयअघि फडानी गरेका गाँजा सङ्कलन गर्न उनीहरुको टोली यहाँ आएको उहाँको भनाइ छ । 

प्रहरीले गाँजा फडानीपछि नष्ट गर्नुपर्ने केही गरियो, हरियो भएकाले पूरै नष्ट गर्न सकेका थिएनांै, नष्ट हुन नपाएका गाँजा खोजी गर्दै उनीहरुले सङ्कलन गरेको पाइयो प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो । 

गाँजा सङ्कलनका विषयमा आवश्यक अनुसन्धान जारी रहेको र पक्राउ परेका सबै विरुद्ध मुद्दा चलाइने उहाँको भनाइ छ । 

मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न स्थानमा लगाएको अवैध गाँजा फँडानी गर्न प्रहरीले मङ्सिर १ गतेदेखि अभियान नै चलाएको थियो । अभियानका क्रममा १२१ बिगाहाको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रासस