२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

प्रत्यक्ष निर्वाचनमा जान महासङ्घ सकारात्मक

७ फाल्गुन २०७५, मंगलवार ०८:३८

फागुन ७, काभ्रेपलाञ्चोक । नेपाल पत्रकार महासङ्घले प्रस्ताव गरेको प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा पत्रकार सङ्घ सङ्गठनका नेतृत्व तथा प्रतिनिधि सकारात्मक देखिएका छन् । 

नेपाल पत्रकार महासङ्घको आह्वान तथा काभे्र शाखाको आतिथ्यमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज सम्पन्न सर्वपक्षीय बैठकमा उपस्थित पत्रकार सङ्घ सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले महासङ्घको प्रत्यक्ष निर्वाचन प्रणालीमा जानेमा विषयमा प्रतिबद्धता जनाएका हुन् । 

महासङ्घ अध्यक्ष गोविन्द आचार्यले महासङ्घको प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने प्रस्तावमा पत्रकार सङ्घ सङ्गठनका नेतृत्व तथा प्रतिनिधि सकारात्मक देखिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने प्रस्ताव राख्यौँ, बैठकमा उपस्थित अधिकांशले सहमत जनाउनुभएको छ, केहीले मात्रै आफ्नो सङ्गठनमा छलफल गरी आफ्नो धारणा दिने बताउनुभयो ।” बैठकमा वैचारिक पेशागत २० वटा सङ्घ सङ्गठनका अध्यक्ष तथा प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो । 

महासङ्घ अध्यक्ष आचार्यका अनुसार महासङ्घ प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने लगायतका प्रस्ताव आउँदो फागुन ९ र १० गते पोखरामा आयोजना गरिएको केन्द्रीय विधान सभाले सर्वसम्मत् रुपमा पास गर्नेछ । यसअघि महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, प्रतिष्ठान र एशोसियटको निर्वाचन एकै दिन गर्ने निर्णय महासङ्घको प्रस्तावित विधानमा उल्लेख गरिएको छ । 

बैठकमा उपस्थित अधिकांशले महासङ्घको प्रस्तावमा सहमति जनाएको प्रेस चौतारी नेपालको अध्यक्ष गणेश बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रत्यक्ष निर्वाचनको पक्षमै छौँ, बैठकमा उपस्थित ८० प्रतिशत पनि पक्षमै सहमत भएका छन् ।” उहाँका अनुसार बैठकमा केन्द्रीय अध्यक्षको उम्मेदवारका लागि १५ वर्ष महासङ्घको सदस्य हुनुपर्ने विषयमासमेत सहमति भएको छ । 

बैठकमा महासङ्घ पूर्ण समानुपातिक प्रणालीमा जानुपर्ने विषय उठान गरिएपछि तत्काललाई त्यसतर्फ नजाने सहमति पनि भएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पे्रस युनियनका अध्यक्ष बद्रि सिग्देल तथा उपाध्यक्ष ईश्वरी ओझाले पनि महासङ्घको प्रस्तावमा सहमति जनाउनुभएको छ । बैठकमा महासङ्घका उपाध्यक्ष एवं विधान मस्यौदा समितिका संयोजक विपुल पोखरेल, महासचिव रमेश विष्ट, प्रेस सङ्गठनका माधव नेपाल, राजेश राईलगायत उपस्थित हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य