टेकबहादुर शाही | फागुन ७, दुनै (डोल्पा) | बिकट हिमाली जिल्ला डोल्पाबाट एक जना सुत्केरी हेलिकप्टरबाट उद्धार गरिएको छ । काइके गाँउपालिका २ की ४० बर्षिय शान्ती बुढाको साल अड्कीएपछि उनलाइ उपाचारको लागि कोहलपूर मेडिकल कलेजमा हेलिकप्टरबाट लगिएको हो ।

शहरताराको प्रसुतिगृहमा सुत्करी भएकी बुढाको छोरा जन्मीएको तर १२ घण्टा सम्म शाल नझरेर रगत बगेपछि उनलाइ जिल्ला अस्पताल रेफर गरिएको थियो ।

उनको रगत धेरै बगि सकेकोले उपाचार गर्न निकै जोखिम भएको र जिल्लामा बल्डबैँक नभएको कारण ठुला अस्पतालमा रेफर गरिएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डक्टर सिजन रावलले जानकारी दिए ।

बिरामीको रगत धेरै बगेको छ समयमा बिशेष ब्यवस्था भएको ठाउमा उपचार नगरिए ज्यान जान सक्ने खतरा रहेकोले हेलिकप्टरमै सलाइन लगाएर कोहलपूर मेडिकल कलेजमा पठाइएको रावलले बताए ।

घर नजिकैकको बर्थिगँ सेन्टरमा बच्चा त जन्मियो तर शाल निष्केन आत्तिएर हेलिकप्टर माग गरे खै सके सम्म उनि शकुशल हेने छिन निकै आत्दिै श्रीमान तेजेन्द्र बुढाले भने ।

अरु कुनै उपाय थिएन मन्त्रीलाई फाने गरे के कति पर्छ मलाइ केहि थाहा छैन तर मेरि श्रीमनीको ज्यान जोगियोस पैसाको कुरा ठुलो होइन तेजेन्द्रले पिडा लुकाउदै भनेका हुन ।

बिहान १० बजे शहरताराबाट स्टेरचरमा बोकेर ५ घण्टा लगाएर करिव ४ बजे दुनैमा स्थानीय र प्रहरीले पुर्याएको थिए । हेलिकप्टरबाट उनलाइ उपचारको लागि नेपालगञ्ज पठाउनु भन्दा अरु कुनै बिकल्प नरहेको काइके गाँउपालिकाकी स्वास्थ्य प्रमुख तारा हिराचनले जानकारी दिइन ।

जिल्ला अस्पतालमा ब्लडबैँकको शुबिधा नहुदा सुत्केरी महिला लगायत रगत धेरै बगेको बिरामीहरुलाइ शहरतिरै रेफर गराउनु पर्ने बाध्यता रहेको जिल्ला अस्पताल प्रमुख सिजन रावलले जानकारी दिए ।

घरमा राति जन्मीको बच्चा छोडेर सुत्केरी शान्ती बुढालाइ श्रीमनले कोहलपूर मेडिकल कलेजमा उपचारका लागि हेलीकप्टरबाट लगेका हुन् ।