2026-08-25 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बाँदर समाउन सुरु

चिसाङ शेर्पा | फागुन ७, खोटाङ | खोटाङमा बाँदर समाउ अभियान थालिएको छ । समातेर नजिकका राष्ट्रिय निकुञ्जमा पुर्याउनेगरी मंगलबारदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर समाउन थालिएको हो । 

भारतको उत्तरप्रदेशबाट झिकाइएका पेशेवार सिकारीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको लुछिमबाट २५ वटा बाँदर समातेका छन् । लफ्याङकै खर्काको दुई स्थानमा पनि जाल थाप्ने तयारी भइरहेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले बताउनुभयो । 

अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्याउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर समाउन अभियान थालिएको हो । जालमा बाँदर पारेर समातेको हेर्नका लागि स्थानीयको भीड लागेको लफ्याङका वडाध्यक्ष निर्मल राईले बताउनुभयो । किसानको खेतबारीको अन्नबाली सखाप पार्ने बाँदरलाई खोर तथा जाल थापेर समाएर निकुञ्जमा पुर्याउनका लागि नगरपालिकाकै १० लाखको खर्चमा शिकारीलाई भित्र्याइएको हो ।

फोटोः लफ्याङमा बाँदर समाउदै शिकारीहरु । तस्विर: निर्मल राईबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन