2026-09-08 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना

फागुन  ८, काठमाडौँ  (रासस) | ललितपुरको सदर चिडियाखानामा ‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना भएको छ । चार दशकदेखि नेपालमा जैविक विविधता र संरक्षणको क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका बेलायतका संरक्षणकर्मी फिल्ड मार्सल सर जोन चाप्पल (field marshal Sir John Chapple) को सम्मानस्वरुप नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा सेन्टर स्थापना गरिएको सदर चिडियाखानाका कार्यक्रम व्यवस्थापक चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । 

मङ्गलबारदेखि सञ्चालनमा आएको केन्द्रले संरक्षण क्षेत्रमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास रहेको वन तथा वातावरणमन्त्री एवं कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले बताउनुभएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गर्नुभएको थियो । विसं २००७ को राजनीतिक परिवर्तनपछि यसको स्वामित्व नेपाल सरकारमा आएको थियो । 

विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानामा २०५२ देखि यसको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिइएको छ । अहिले यहाँ वन्यजन्तु संरक्षण र व्यवस्थापन, संरक्षण शिक्षा र अध्ययन अनुसन्धान, मनोरञ्जन तथा प्रकृति संरक्षणबाट जनचेतना दिने कार्य हुँदै आएको सदर चिडियाखानाका कार्यक्रम व्यवस्थापक पोखरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ